Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

मस्जिद र मदरसामा लुकेका कोही भेटिएन

परासी । नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम) मा रहेका मस्जिद र मदरसाको अनुगमनलाई तीव्रता दिइएको छ । उदयपुरको मस्जिदमा रहेका मुसलमा धर्मगुरु (जमाती) मा कोरोना सङ्क्रमण भेटिएपछि राष्ट्रिय मुस्लिम आयोगले गठन गरेको जिल्लास्तरीय अनुगमन समितिले जिल्लाका विभिन्न स्थानमा रहेका मस्जिद र मदरसाको स्थलगत अनुगमन गरिरहेको हो ।

आयोगले भेषराज खरेलको संयोजकत्वमा आठ सदस्यीय अनुगमन समिति खटाएको छ । समितिले रामग्राम नगरपालिकाको परासी जामे मस्जिदसहित पाल्हीनन्दन, प्रतापपुर र सुस्ता गाउँपालिकामा रहेका मस्जिद र मदरसाको अनुगमन गरेको छ । समितिले नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम र बर्दघाट–सुस्ता पूर्व) दुवै जिल्लाका मस्जिद र मदरसाको अनुगमन गर्ने जिम्मा पाएको छ । पश्चिम नवलपरासीमा ५५ मस्जिद र ४३ मदरसा तथा पूर्वी नवलपरासीमा पाँच मस्जिद र दुई मदरसा छन् ।

भारतीय सञ्चारमाध्यमले नेपालका मस्जिद र मदरसामा विदेशबाट जमाती लुकेर बसेको र उनीहरुबाट कोरोना सङ्क्रमणको जोखिम बढेको भनी अफवाह फैलाएपछि समितिले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको समन्वयमा स्थलगत अनुगमन गरिरहेको समिति सदस्य एवं सञ्चार प्रमुख हैदर अलि मोमिनले राससलाई जानकारी दिए ।

“हामीले अनुगमनमा विशेषगरी दुई वटा कुरालाई केन्द्रित गरेका छौँ, विदेशबाट जमातीहरु आए÷नआएको र बन्दाबन्दीका कारण मुस्लिम समुदायमा परेको समस्या र अवस्थाको विषयमा जानकारी लिइरहेका छौँ”, उनले भने । समितिले बन्दाबन्दीको पालना गर्न पनि सबैमा आग्रह गरेको छ ।

अहिलेसम्मको अनुगमनका क्रममा कोही पनि धर्मगुरु वा अपरिचित व्यक्ति मस्जिद र मदरसामा आएर लुकेको नपाइएको समितिले जनाएको छ । बन्दाबन्दीको पालना गरिएको तथा कुनै पनि मस्जिदमा सामूहिक नमाज पढ्न बन्द गरिएको पाइएको मोमिनले बताए ।

रमजानको महिना चलिरहेकाले अधिकांश मुसलमान सले घरमै नमाज पढिरहेको संयोजक खरालले बताउनुभयो । “प्रत्येक मस्जिद र मदरसाको अनुगमन गरी जनमानसमा फैलिएको भ्रम चिर्न खोजिएको हो, कुनै पनि मस्जिद वा मदरसामा कोही पनि लुकेर बसेको पाइएको छैन”, उनले भने ।

अनुगमन समितिले बन्दाबन्दीका समयमा गरीबीका कारण समस्यामा परेका मुसलमान समुदायलाई पनि स्थानीय तहसँगको सहकार्यमा आवश्यक सहयोगका लागि सहजीकरण गर्ने जनाएको छ । पश्चिम नवलपरासीको अनुगमन सकिएपछि पूर्वी नवलपरासीका मदरसा र मस्जिदको अनुगमन गरिने सदस्य मोमिनले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending