Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

आज नेकपाको सचिवालय बैठक : कसको तयारी के छ ?

काठमाडौं । आज साँझ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ ।

बैठक राख्न आनाकानी गरीरहेका प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीसँग मंगलबार अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छलफलले बैठक राख्ने टुंगो लगाएको थियो ।

प्रधानमन्त्री ओलीले दल विभाजन र संबैधानिक परिषद सम्बन्धि दुई अध्यादेश चौतर्फी विरोधका बाबाजुद पार्टी र अन्य नेताहरुसँग छलफलै नगरी जाी गरेपछि चुलिएको नेकपाको आन्तरिक विवाद पछि २० जना स्थायी समिति सदस्यहरुले बैठकको माग गर्दै लिखित निवेदन दिएका थिए ।

चौतर्फी विरोध र पार्टीको समेत विरोध भएपछि दुई अध्यादेश ओलीले फिर्ता लिएपनि उनको संकट टरेको छैन । नेकपामा प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल गठबन्धनले ओलीले कार्यशैली असह्य भएको भन्दै दुवै अध्यक्ष र प्रधानमन्त्री पद छोड्न माग गरिरहेको छ ।

प्रचण्ड/माधव पक्ष मिल्दा पार्टीका सबै तहमा अत्याधिक बहुमत देखिएपछि ओलीले स्थायी समितिको बैठक राख्न मानिरहेका छैनन् ।

स्थायी समिति बैठक अघि बस्न लागेको सचिवालय बैठकमा ओली र प्रचण्डले आआफ्नै तयारी थालेका छन् ।

प्रचण्ड/माधव पक्षको तयारी
प्रचण्ड/माधव पक्षले सचिवालय बैठकबाटै स्थायी समितिका २० सदस्यहरुको बैठक माग गरेको निबेदनलाई एजेण्डा बनाउने तयारी गरेको छ । सचिवालय बैठकबाट स्थायी समितिको बैठकका एजेण्डा तय गर्ने र बैठकको मिति तय गर्ने तयारी गरेको स्थायी समितिका एक सदस्यले बताए ।
सचिवालय बैठकभन्दा पनि स्थायी समितिको बैठकले नै विवादीत विषयमाथि छलफल गर्नुपर्ने अडानमा यो समुह देखिन्छ ।

ओलीको तयारी
ओली भने सचिवालय बैठकमै आफुबाट केही कमजोरी भएको भए सच्याउने प्रतिबद्दता राख्दै नमिलेका ठाउँहरुमा मिलाउँछु भनेर स्थायी समितिको बैठक बोलाउनुनपर्ने अडान राख्ने तयारी गरेको बालुवाटार स्रोत बताउँछ ।

ओली स्थायी समितिको बैठक बोलाउने पक्षमा छैनन् । स्थायी समितिमा ओलीसँग जम्माजम्मी ४४ मध्य १० सदस्यमात्रै छन् ।

ओलीलाई स्थायी समितिको बैठकले आफुलाई प्रधानमन्त्रीबाट र अध्यक्षबाट फिर्ता बोलाउन सक्ने अनुमानका आधारमा बैठक टार्नका लागी सचिवालयमा प्रयत्न गर्नेछन् ।

याे पनि पढ्नुहाेस्

https://www.khabardabali.com/2020/04/285975/
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: