Ntc summer Offer
Khabar Dabali १ जेष्ठ २०८१ मंगलवार | 14th May, 2024 Tue
NIMB

बिदेशबाट आउनेलाई क्वारेन्टाइन र आइसोलेशन नै सुरक्षित

तुलसीपुर । वैदेशिक रोजगारीबाट फर्किएका तुलसीपुर उपमहानगरपालिका – ६ का ३२ वर्षीय ईश्वरी गैरे दुई हप्तासम्म क्वारेन्टाइनमा बसे । उनलाई स्वाब परीक्षणका लागि कोरोना विशेष अस्पताल बेलझुण्डी लगियो । संयुक्त अरब इमिरेट्सबाट फर्किएका गैरेलाई कोभिड–१९ रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरियो ।

त्यसबीचमा आइसोलेशन र क्वारेन्टाइनमा बस्दा सुरक्षित महसुस गरेको गैरेले राससलाई प्रतिक्रिया दिए। “म दुई हप्ता क्वारेन्टाइनमा, दुई दिन बेलझुण्डी अस्पतालमा बस्दा सुरक्षित महसुस भयो ।” कोरोना रिपोर्ट नेगेटिभ खुशी हुनुभएका गैरे आइसोलेशन र क्वारेन्टाइनको सेवाबाट सन्तुष्ट भएको बताउछन् । आइसोलेशन र क्वारेन्टाइनमा साँझबिहान दुईपटक खाना र दिउँसो खाजा दिइन्थ्यो ।

युएइको होटलमा चौकीदार गैरे विदेशमा कोरोना भाइरसको त्रास भएपछि स्वदेश फर्केका थिए । गत वर्ष मात्रै रोजगारीका सिलसिलामा गएका गैरे चैत ९ गते घर फर्केको हो । घर फर्किएपछि उनी दुई दिन होम क्वारेन्टाइनमा बसेर तुलसीपुरको क्वारेन्टाइनमा गए । दुई हप्तासम्म क्वारेन्टाइनमा बसेपछि उनलाई स्वाब परीक्षणका लागि बेलझुण्डीको कोरोना अस्पतालमा लगिएको थियो ।

अस्पताल गएको तीन दिनमा चैत २९ गते उहाँको रिपोर्ट आएको थियो । जहाजमा सेनिटाइजर र मास्कको प्रयोग गरेर यात्रा गरेको भए पनि संक्रमणको त्रासले स्वाब परीक्षणका लागि अस्पताल गएका उनले भने, “यदि म संक्रमित भएर आएको भए मेरै कारणले धेरै संक्रमित हुन्थे, त्यसैले म आफैँ सावधानी अपनाएर स्वाब परीक्षण गराउन गएँ, अहिले ढुक्क भएको छु ।”

युएईको दुबईबाट आएका तुलसीपुर– ५ का २३ वर्षीय नरेश विक पनि रक्षाचौर क्वारेन्टाइनमा बस्दा कुनै असहज नभएको बताउछन् । समयसमयमा स्वास्थ्यकर्मीले निगरानी गर्ने र इन्टरनेट सेवाको सुविधा हुँदा दिन कटाउन सहज भएको उनको भनाइ छ । “समय–समयमा स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गर्थे, खाना, खाजा पनि समयमै आउँथ्यो, त्यहाँ बस्दासम्म कुनै असहज महसुस भएन”, उनले भने। स्वास्थ्यकर्मी, चिकित्सक तथा खाना पकाउनेदेखि पु¥याउन आउनेहरुको व्यवहारले आत्मबल बढाएको उनले अनुभव सुनाए । स्वाब परीक्षणका लागि क्वारेन्टाइनबाट कोरोना अस्पताल बेलझुण्डी लगिएकामा रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको छ ।
तीन वर्षदेखि दुबईमा काम गर्दै आएका विक गत चैत ६ गते नेपाल एयरलाइन्सको जहाजमा काठमाडौँ आएका थिए । त्यहाँ कोरोनाको त्रास बढ्न थालेपछि तीन महिनाको छुट्टी लिएर घरमा आएको उनले बताए । अब स्वदेशमै आयमूलक काम गर्ने उनको सोच छ । अहिले विश्वभरि कोरोना संक्रमण बढिरहेकाले भारतलगायत तेस्रो मुलुकबाट स्वदेश फर्किने नागरिक क्वारेन्टाइनमै बस्नुपर्ने उनको भनाइ छ ।

अहिले जिल्लामा ७१ जनाको स्वाब परीक्षण गरिएको छ । बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा ६१ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० जनाको स्वाब परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति कमल चन्दले बताए । उनीहरु सबैलाई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ ।

जिल्लामा कोरोना अस्पताल बेलझुण्डी र राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा कोरोनाको आशङ्का लागेका बिरामीलाई आइसोलेशनमा राखेर उपचार गरिएको छ ।

यसैबीच दाङका स्थानीय तहले सञ्चालन गरेका क्वारेनटाइनमा आज १०३ जना रहेको सम्बन्धित पालिकाले जनाएका छन् । अहिलेसम्म ती पालिकाको एकान्तबासमा बस्दै आएका ७८ जनाको ¥यापिड डायग्नोष्टिक टेष्ट ९आरडिटी० गरिएको छ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यहाँका स्थानीय तहले भारत तथा विदेशबाट आएकाहरुलाई राख्न ३३८ शय्याका व्यवस्थित क्वारेन्टाइन केन्द्र निर्माण गरेका छन । जिल्ला आपत्कालीन दाङको तथ्याङ्ककानुसार चैत शुरु भएदेखि हालसम्म तीन हजार ६३२ जना भारतलगायत अन्य मुलुकबाट भित्रिएका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies