Ntc summer Offer
Khabar Dabali २९ बैशाख २०८१ शनिबार | 11th May, 2024 Sat
NIMB

डडेल्धुरा अस्पतालमा पानी चुहिँदा बिरामीलाई समस्या

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशकै एक मात्र विशेषज्ञ अस्पतालका रुपमा रहेको डडेल्धुरा अस्पतालमा पानी चुहिने समस्या भएपछि बिरामीलाई समस्या भएको छ । बिहीवार राति परेको पानीले अस्पतालको छाना चुहिएपछि अस्पतालमा भर्ना भएका बिरामीलाई समस्या भएको हो ।

बिरामी रहेको कक्षको शय्यामा बाहिरजत्तिकै पानी चुहिएपछि अन्तरङ्ग बिरामीलाई निकै समस्या भएको बिरामीका कुरुवा धर्मराज भट्टले जानकारी दिए । कक्षभित्र पानी चुहिने समस्याका कारण करीब ६ शय्यामा रहेका बिरामीलाई अन्यत्र सारिएको भट्टले बताए । उनले भने, “अस्पतालभित्रै पानी जमेपछि हामी पानी छल्दै बेडमा बस्नु परिरहेको छ ।” विशेषज्ञ अस्पताल डडेल्धुरा अस्पतालमा सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाबाट बिरामी आउँछन् ।

लकडाउनका समयमा समेत दैनिक एक सयदेखि १५० बिरामीको उपचार गर्ने डडेल्धुरा विशेषज्ञ अस्पतालको यो अवस्थाले बिरामीलाई मात्र होइन चिकित्सकलाई समेत हैरान पारेको छ । नयाँ भवनको पानीसमेत पुरानो भवनको छानामा पर्ने र बाहिर निकास नभएपछि पानीभित्र पस्ने समस्या रहेको अस्पतालले जनाएको छ । भौतिक संरचनाको अभावमा एचडिसिएस नामक गैरसरकारी संस्थाले अस्पताल स्थापनाका बेला निर्माण गरेको पुरानो जीर्ण भवनबाट सेवा सञ्चालन गर्नुपरिरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले जानकारी दिए । “यहाँ केही समयदेखि पानी चुहिने समस्या छ । नयाँ भवनको पानी पनि यही पुरानो भवनमा झर्छ”, उनले भने, “प्राविधिकहरू बोलाएर पनि समस्या समाधान गर्न खोजेका हौंँ तर नयाँ भवन निर्माण गर्दा ध्यान नपुगेकाले यो समस्या आएको हो ।”

पानी रोक्नका लागि विभिन्न प्रयास गरिए पनि धेरै पानी जम्मा हुने भएकाले समस्या समाधान हुन नसकेको र नयाँ भवन निर्माणका क्रममा रहेकाले सो बनेपछि समस्या पूर्णरुपमा सामाधान हुने डा विष्टको भनाइ छ । संघीय सरकारले सुदूरपश्चिमको केन्द्र भागमा रहेको डडेल्धुरा अस्पताललाई विशेषज्ञ अस्पतालका रुपमा विकास गर्दै जाँदा भौतिक संरचनाको अभावका कारण वर्षात्मा अस्पतालमा झनै समस्या हुने गरेको स्थानीयवासी महेश श्रेष्ठले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies