काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पछिल्लो समय चुलिएको अन्तरविरोधले नेताहरुचि कित्ता काट हुन थालेको छ ।
राजनीति प्रति चासो चाखिरहेकाहरुलाई हैरान बनाएको एउटा विषय गृहमन्त्रीसमेत रहेका राम बहादुर थापा बादलको हो ।
उनको कित्ता कता हो ? उनी आफ्नो पुर्व समुह माओवादी छोडेर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको कित्तामा उभिएको चर्चा चल्ने गरेको छ ।
खासगरी गत आइतबार बसेको मन्त्रिपरिषदको बैठकले पारित गरेका दल विभाजनसम्बन्धि र संबैधानिक परिषद सम्बन्धि दुई अध्यादेशमा नेकपाको सचिवालयमा पक्षविपक्ष भएपछि बादल कता भन्ने विषयमा बढी नै चासो देखिएको हो ।
उनका नजिकका एकजना नेता भन्छन् –उनले अध्यादेशमा हस्ताक्षर गरेर समेत पठाएका कारण मन्त्रिपरिषद तथा सचिवालयको बैठकमा विरोध नगर्ने नैतिकता देखाए । खासमा उनी ओली कित्तामा उभिएका हैनन् । आफैले हस्ताक्षर गरेर पठाएको अध्यादेशका विपक्षमा नबोलेका मात्रै हुन् ।
सचिवालयको बैठकमै पनि उनले अध्यादेश जरुरी भएको तर अर्का अध्यक्षसँग छलफल गर्नुपथ्र्यो भनी बोलेका थिए ।
उसैपनि निकै कम बोल्ने स्वभावका थापा अरु अवस्थामा पनि हत्तपत्त आफ्ना धारणाहरु राख्दैनन् । तर उनी आफ्नो विगत र पृष्ठभुमिलाई यति चाँढै भुल्ने अवस्थामा नभएको पुर्व माओवादी नेताहरु बताउँछन् । स्थायी समितिका एक सदस्यले हामीसँग भने, –‘नेकपाका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्डसँग उनको बचपनदेखिको हितैषीपन पनि छ । त्यसले पनि प्रचण्डको साथ छोड्न दिदैँन ।’
माओवादी विभाजनको बेला मोहन वैद्यसँग उभिएका थापाले वैद्यलाई छोडेर प्रचण्डसँग मिसिन आईपुगेका थिए ।
पुर्व माओवादी, पुर्व एमाले नेता/कार्यकर्ताले कित्ता परिवर्तन गर्छन् भन्ने कुरामा पनि विश्वास छैन । पुर्व माओवादीले बढी विश्वास गर्छन् भने पुर्व एमालेबाट उनलाई अविश्वास बढी हुन्छ । उसो त पुर्व माओवादीभित्र कुनै गुटको हैसियतमा समुहहरु थिएनन् । मानिसहरुले एकतामा बादलसँगै आएकाहरुलाई समुहको नाम दिएपनि ति सबै नेता कार्यकर्ता माओवादी पृष्ठभुमिकै भएकाले मुल घरलाई आफ्नो घर मान्थे । मानिसहरुले आशंका गरेजस्तो थापाको छुट्टै गुट वा समुह पूर्व माओवादीमा पनि थिएन र अहिले पनि छैन ।
थापासँगै एकता प्रक्रियामा आएका पम्फा भुषाल, देव गुरुङ्जस्ता नेताहरु ओलीको कार्यशैलीसँग चरम असन्तुष्ट छन् ।
थापा निकट नेता भन्छन्, –‘भ्रममा नपरौं, थापाको विगत, स्ट्याटस, राजनीतिक÷बैचारिक पक्षधरता तथा उनी नजिकका नेताहरुको अवस्थाले थापा ओली कित्तामा जानै सक्दैनन् र जाँदैनन्’ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...


प्रतिकृया लेख्नुहोस्: