Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

प्रधानमन्त्री ओलीलाई व्याकफायर : राजपा र समाजवादीबीच एकता भएको दल दर्ता भयो

काठमाडौं । अन्तत राजपा र समाजवादीबीच एकता भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्याकफायर भएको छ ।

विहिबार विहान दुईपार्टीबीच एकता भई बनेको जनता समाजवादी पार्टी निर्बाचन आयोगमा दर्ता भएको छ । बिहीबार बिहान ११ बजेर १६ मिनेटमा निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ दर्ता भएको हो । नयाँ पार्टी दर्ता नम्बर १३८८ छ रहेको बताइएको छ ।

ओलीले अकस्मिकरुपमा दल विभाजनसम्बन्धि खुकुलो अध्यादेश ल्याएपछि आफ्नै पार्टीभित्र र बाहिर गरी चौतर्फी विरोध भयो । खासगरी सोहीदिन नेकपाको सचिवालय बैठकमा अर्का अध्यक्ष तथा सदस्यहरुले आफ्नै पार्टी विभाजन गर्न ल्याएको हो भनी गरेको शंकाको उत्तर दिदैँ ओलीले राजपा र समाजवादी फुट्न लागेको बताएका थिए ।

हुनपनि समाचारमा अपुष्ट खबरहरुअनुसार प्रधानमन्त्री ओली राजपा र समाजवादी फुटाउनका लागी अहोरात्र लागे । तर परिणाम– राजपा र समाजवादी बुधबार मध्यराति एकता भई जनता समाजवादी पार्टी बन्यो ।

फुटका लागी कोशिष गरिरहेका भनिएका समाजवादीका रेणु यादव लगायतका सांसदहरुले पार्टी फुटाउन सकेनन् । बिहिवार विहान नयाँ दल दर्ता भएसँगै तत्कालका लागीबाट फुटबाट जोगिएको छ भने ओली व्यापफायरमा परेका छन् ।

फुटाउन चाहेका ओलीका लागी एकता हुनु व्याक फायर भएको नयाँ दर्ता भएको पार्टीका नेताहरुले बताएका छन् ।

उता ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफ्नै पार्टी स्थायी समितिका २० सदस्यले बैठक माग गर्दै बुधबारै एक पत्र बुझाएका छन् । यो सँगै पार्टीभित्र ओलीको तर्क कमजोर हुन पुगेको छ र उनी आफ्नै पार्टीभित्र समस्यामा फसेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: