Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

बन्दाबन्दीमा घरघरमै पढ्न थाले मुसलमानले नमाज

दमौली । बन्दाबन्दीका कारण मस्जिद बन्द गरिएपछि तनहुँ जिल्लाका मुस्लिमहरुले घरमै नमाज पढ्न थालेका छन् । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि बन्दाबन्दी गरिएपछि यहाँका मुस्लिम समुदायले घरमै नमाज पढ्न थालेका हुन् ।

व्यास नगरपालिका–४ स्थित दमौली मुस्लिम अन्जुमन कमिटीका सचिव मन्सुर अहमदले बन्दाबन्दी भएसँगै मुस्लिम समुदायले घरघरमै नमाज पढ्न थालेको जानकारी दिए । “सरकारले बन्दाबन्दी लागू गरेसँगै यहाँ रहेको नुरी हन्फी जामे मस्जिद बन्द छ, मुस्लिम समुदायलाई घरमै बसेर नमाज पढ्न भनेका छौँ”, उनले भने, “मस्जिदको मूल ढोकामा नै चाबी लगाइएको छ ।”

गत चैत ११ गतेदेखि बन्दाबन्दी भएपछि व्यास नगरपालिकाले पनि मस्जिद, मन्दिर, चर्चलगायत भीडभाड हुने स्थानहरू पूर्णरूपमा बन्द गर्न निर्देशन दिएको थियो । सोहीबमोजिम सबैलाई सूचना जारी गरेर मस्जिद बन्द हुने बारे जानकारी गराइएको थियो ।

मस्जिदमा दैनिक पाँच पटक नमाज पढ्ने गरिन्थ्यो । अन्य दिनमा दैनिक २०÷२५ जनाले मात्रै मस्जिदमा गएर नमाज पढ्ने गर्दथे भने हरेक शुक्रबार ७०० भन्दा बढीले मस्जिदमा नमाज पढ्ने गर्दथे ।

तनहुँको व्यास नगरपालिकाको दमौली, श्याम्घा, भानु नगरपालिकाको सतिस्वाँरा, शुक्लागण्डकी नगरपालिकाको बेलचौतारालगायतका ठाउँमा मुस्लिम समुदायको बसोबास रहेको मुस्लिम अगुवा एवं सञ्चारकर्मी शेष मोहम्मद हनिफ (गोरा मियाँ) ले जानकारी दिए ।

सांसद्द्वारा सामग्री वितरण

तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य केदार सिग्देलले जिल्लाका दुई नगरपालिकालाई मङ्गलबार स्वास्थ्य सामग्री सहयोग गरेका छन् । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सांसद सिग्देलले व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकालाई व्यक्तिगत सुरक्षा कवच (पिपिइ), थर्मल गन, मास्कलगायतका सामग्री सहयोग गरेका हुन् ।

उनले व्यास नगरपालिकाकालाई दुई थान पिपिइ, एक थान थर्मल गन, १० थान एन९५ मास्क र २०० थान सर्जिकल मास्क सहयोग गरेका छन् भने शुक्लागण्डकी नगरपालिकाकालाई दुई थान पिपिइ, एक थान थर्मल गन, १० थान एन९५ मास्क र २०० थान सर्जिकल मास्क सहयोग गरे ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending