डोल्पा । अहिलेको विषम परिस्थितिमा निर्वाधरूपमा यार्सागुम्बा सङ्कलन गर्न दिनु घातक हुनसक्ने भन्दै हिमाली जिल्ला डोल्पामा पहिलोपटक बहुमूल्य जडीबुटी यार्सागुम्बाको सङ्कलन रोकिएको छ । विश्भर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसविरुद्ध पूर्व सतर्कता अपनाउनका लागि सङ्कलनमा रोक लगाइएको हो ।
मङ्गलबार सदरमुकाम दुनैमा बसेको जिल्ला विपत् व्यवस्थापन समितिले यस वर्ष यार्सागुम्बा सङ्कलनमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।
देश लकडाउनमा रहेको अवस्थामा हजारौँ मान्छे भित्र्याएर फुकुवा गर्न नसकिने बताउँदै समयमै जिल्लाका मुख्य नाका बन्द गरिने समेत प्रजिअ सुनारले बताए । अवस्था खुकुलो हुँदै गएमा पछि त्यहीअनुसार निर्णय हुने उनले बताए ।
जिल्ला समन्वय प्रमुख शेरबहादुर बुढाले डोल्पावासीको आर्थिक उपार्जनको मुख्य स्रोत नै यार्सागुम्बा भएकाले आगामी २० गतेभित्र पुनः एक पटक जिल्लाका सरोकारवाला निकायसँग छलफल गरेर खुल्ने–नखुल्ने टुङ्गो लगाउने बताए । डोल्पाली जनता वर्षौँदेखि यार्सागुम्बामै निर्भर भएकाले एकपटक सोच्नैपर्छ प्रमुख बुढाले भने ।
यसबारे शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले आधिकारिक धारणा भने सार्वजानिक गरेको छैन । समितिको बैठकमा उपस्थित स्थानीय निकायका प्रमुख एवं प्रतिनिधिमध्ये केहीले यार्सा सङ्कलन रोक्नुपर्ने र केहीले रोक्न नहुने धारण राखेका थिए । प्रत्येक वर्ष निकुञ्ज र सामुदायिक वनमा यार्सागुम्बा सङ्कलन गरिँदै आएको छ ।
नेपालमै बहुमूल्य जडीबुटीको यार्सागुम्बाको उर्वरभूमिको रुपमा चिनिने डोल्पामा विगत २० वर्षदेखि व्यावसायिकरूपमा यार्सागुम्बा सङ्कलन हुँदै आएको छ । अघिल्लो वर्षमा छिमेकी जिल्ला रुकुम, जाजरकोट, सल्यानलगायतका जिल्लाबाट दशौँ हजार सर्वसाधारण यार्सागुम्बा सङ्कलनका लागि डोल्पा आउने गर्थे । यार्सागुम्बा सङ्कलनमा रोक लगाउने निर्णयसँगै अवैध चोरी निकासी बढ्ने भन्दै उच्च सुरक्षा सतर्कता अपनाउनुपर्ने सरोकारवाला निकायको भनाइ छ ।
सबैको रिपोर्ट नेगेटिभ
डोल्पाको जगदुल्ला गाउँपालिकामा परीक्षण गरिएका आठसहित गाउँमै रहेका एक जनाको र्यापिट डायग्नोष्टिक टेष्ट (आरडिटी) रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला अस्पतालको टोेली मङ्गलबार गाउँपालिकामै पुगेर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
भारतलगायतका अन्य मुलुकबाट भित्रिएका नागरिकको आरडिटी परिक्षण गर्नु पहिलो प्राथमिकतामा रहेको भन्दै जिल्ला अस्पताल डोल्पाले सोमबार डा मच्छिन्द्र बडुवालको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटाएको थियो ।
टोलीले जगदुल्लामा परीक्षण सम्पन्न गरिसकेकाले मुड्केचुला गाउँपालिकातर्फ हिँडेको जिल्ला अस्पताल डोल्पाका प्रमुख डा सिजन रावलले जानकारी दिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: