Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

सरकार किन आफै काण्ड निम्त्याउँछ र अरुसँग रिसाउँछ ?

काठमाडौं । पछिल्लो समय सरकारका रबैयाप्रति आम नागरिकको असन्तोष बढीरहेको कुराप्रति सरकार सचेत देखिएन ।

सरकारलाई अरुले बनाइदिएको या उचालेको भन्दा पनि आफ्नै गतिविधि र कृयाकलापले काण्डहरुको रचना गरिरहेको भान हुन्छ ।

जनता असन्तुष्ट रहेको समयमा होशियारीपुर्वक कदम चाल्नुपर्ने सरकार लगामविहिन जस्तै छ । आफुप्रति आएका सबै आलोचनालाई षड्यन्त्रको रुपमा बुझ्दा उसले झन आवेगात्मक र विवेकसुन्य लफडाहरु निम्त्याईरहेको देखिन्छ ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबारे अभिव्यक्त गरेको भनाई अहिले सामाजिक संजालमा भाईरल बनेको छ । उनले कोरोनाबाट जोगिन सुझाएका उपायहरुलाई स्वास्थ्यविज्ञहरुले नमिल्ने बताएपछि उनी शिकार भएका हुन् ।

ओलीले नयाँ कुरा समेत खुलासा गरेको छन् कोरोनाको जोखिमबाट बच्न चश्मा लगाउनुपर्ने समेत बताएका छन् । उनले कोरोना भाईरस निर्जिव तत्व भएको र बोसिय पदार्थले त्यसलाई संरक्षित गर्ने भन्दै तातोपानिले हात धुन र तातोपानी नै खान सुझाएका छन् ।

ओलीको यो भिडियो अहिले सामाजिक संजालमा भाईरल भएको छ ।

यसैगरी शुक्रबार स्वास्थ्यमन्त्रलायले शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रका डाक्टर शेर बहादुर पुनलाई पत्र काटेर स्पष्टीकरण सोधेपछि अर्को लफडामा फसेको छ ।

सरकारले मन्त्रालयले बोलाउँदा अटेर गरेको भन्दै पत्रा काटेको बताएको छ भने पुनले पिपिई लगाएर उपचार गरिरहेको र फोन उठाउन नसकेको तथा उपचारमा व्यस्त भएकोले मन्त्रलायमा उपस्थित हुन एक दिन ढिला गरेको बताईरहेका छन् ।

यो समाचार बाहिरिएसँगै सरकार तथा स्वास्थ्य मन्त्रालयको आलोचना व्यापक हुन थालेको छ । स्रोतका अनुसार अहोरात्र कोरोना उपचारमा खटिईरहेका डाक्टर पुनलाई अन्तर्वार्ता दिएको तथा रोगबारे मिडियामा बोलेको भन्दै स्पष्टीकरण सोध्ने उदेश्यले मन्त्रालयमा बोलाइएको थियो । तर पुन मन्त्रालयमा उपस्थित भएनन् । सोही कारण पत्र काटेर बोलाइएको हो ।

यसअघि पनि अर्का डाक्टर सुन्दरमणी दिक्षितले सरकारको तयारी नपुगेको भनेर बोल्दा कारवाही गर्नेसम्मको सरकारले छलफल गरेको थियो ।

पछिल्लो समय सरकार आफ्ना निर्णयहरु विवादमा परेपछि सुझावकर्ता, अहोरात्र काम गर्ने तर सरकारसँग हिमचिम नगर्ने कर्मचारी, आलोचक तथा आफ्नो रक्षा नगर्ने पार्टीका नेता कार्यकर्ताहरुसँग रिसाएको छ र बदलाको भावनामा चलिरहेको प्रतित हुन्छ ।

सरकारको रबैयासँग उसकै पार्टीका नेता कार्यकर्ता, समर्थक तथा विज्ञ तथा कर्मचारीहरुसमेत हच्किन थालेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: