Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

लकडाउनमा कसरी बढाउने शारीरिक सक्रियता ? यस्ता छन् विज्ञका सुझाव

काठमाडौं । कोरोना भाइरसको सम्भावित जोखिमका कारण जारी लकडाउनका बेला घरमै बसेर शारीरिक सक्रियता कायम राख्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन् ।

आजको गोरखापत्र दैनिकमा खबर छ - लामो समय घरमा बसिरहँदा शरीरमा आलस्य र अरू स्वास्थ्य समस्या आउन सक्ने भएकाले शरीरलाई चलायमान गर्नुपर्ने हाडजोर्नी विशेषज्ञ डा. प्रकाश द्वारेको सुझाव छ । उनले भने, ‘बाहिर जान सम्भव नभए पनि केही समय निकालेर शारीरिक कसरत गर्नुपर्छ  ।’

‘टेलिभिजन हेर्ने, मोबाइल चलाउने, खाने, सुत्ने क्रम अवश्य पनि बन्दाबन्दीको समयमा बढी हुन्छ’ डा. द्वारे थप्छन्, ‘एक घण्टा भए पनि शारीरिक कसरतले विभिन्न हाडजोर्नी तथा नसासम्बन्धी रोग लाग्नबाट बच्न सकिन्छ भने मधुमेह र उच्च रक्तचापका बिरामीलाई पनि फाइदा पुग्छ ।’

धेरै सुत्ने तथा मोबाइल चलाउने बानीले कम्मर, हात तथा स्पाइनलको समस्या आउने भएका कारण शरीर चलायमान गर्नुपर्ने उनको सुझाव छ ।

चिकित्सकका अनुसार टेलिभिजन हेर्ने, मोबाइल, कम्प्युटर बढी चलाउने, पुस्तक पढ्ने जस्ता काममा दिन बिताइरहँदा पनि हरेक २० देखि ३० मिनेटको अन्तरमा उठेर पाँच मिनेटसम्म शरीर तन्काउने, घरवरिपरि वा सिँढीमा तलमाथि गर्ने, बगैँचा वा वरिपरि घुम्ने गरेमा स्वास्थ्यमा फाइदा पुग्छ ।

डा. द्वारे भन्छन्, ‘हरेक दिन शरीरलाई सक्रिय बनाउन एउटा तालिका बनाई घरमै व्यायामहरू गर्न सकिन्छ ।’ दैनिक एउटा निश्चित समय व्यायामका लागि छुट्याएर त्यसलाई पालना गर्नुपर्ने कराँते खेलाडी अशोक श्रेष्ठको भनाइ छ । उनका अनुसार बन्दाबन्दीको समय सदुपयोग गरी आफ्नो शरीर स्वस्थ बनाउन सकिुका साथै शरीरलाई जति चलायमान गर्‍यो त्यति नै राम्रो हुन्छ । उनले योग गर्नुका साथै मेडिटेसन, सूर्य नमस्कार गर्नसमेत सुझाव दिए ।

अहिले कोरोना प्रकोपका कारण श्वासप्रश्वास प्रणालीमा पनि ध्यान दिनुपर्ने भएकाले योग र कसरतले श्वासप्रश्वासलाई प्रभावकारी बनाउन सहयोग गर्ने श्रेष्ठको भनाइ छ । उनी उफ्रने, प्राणायाम, अनुलोम विलोमलगायतले शरीरलाई फाइदा पुग्ने बताउँछन् । अक्सफोर्ड जिम सेन्टरमा फिटनेस प्रशिक्षक नुमु श्रेष्ठ भन्छिन्, ‘बन्दाबन्दीमा पनि घरमै बसेर शारीरिक व्यायाम गर्न थालिएको छ, यो शरीरका लागि फाइदाजनक काम हो ।’

जानकारहरूका अनुसार दौडिने, डोरी खेल्ने, घरको छत तथा साना ठाउँमा उफ्रने, तौल उठाउने, घिसार्ने, उठबस आदिले पनि कसरत पुग्ने छ । करेसाबारीमा काम तथा घरको सरसफाइले पनि शरीरलाई फाइदा पुग्छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: