कास्की । कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले आह्वान गरेको लकडाउनका कारणले प्रभावित जिल्लाका २० हजार ८९७ परिवारलाई राहत विरतण गरिएको छ । जिल्लाका चार स्थानीय तहले वडा कार्यालयमार्फत लकडाउनबाट प्रभावित साँझ बिहान चुलो बाल्न असमर्थ दैनिक ज्यालादारी मजदुर, श्रमिक तथा असाहाय परिवारलाई राहत वितरण गरेका हुन् ।
भौगोलिकरूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले ३३ वटै वडामार्फत १९ हजार २२० परिवारलाई राहत प्रदान गरिएको जनाएको छ । लकडाउनपछि अतिविपन्न, दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नेको चुलो निभ्न नदिन लाभग्राही छनोट गरी राहत वितरण गरिएको बताइन्छ । महानगरले चार वा सोभन्दा बढी सङ्ख्या भएको परिवारलाई फूल प्याकेज र तीन जनाको परिवारलाई आधा प्याकेज राहत उपलब्ध गराएको छ ।
त्यसैगरी लकडाउनको समयमा खाद्यान्नको अभावमा महानगरपालिकाभित्र कोही पनि भोकभोकै नपरुन् भनेर पोखरा महानगरपालिकाले ‘क्विक रेस्पोन्स’ टोली बनाएर राहत वितरणसमेत शुरु गरेको छ । राहत दिन महानगरले रु दुई करोड जम्मा गरेर कोष स्थापना गरेको छ भने प्रदेश सरकारले रु एक करोड उपलव्ध गराएको छ । महानगरको कोषमा निजी क्षेत्रबाट समेत अहिले रु ३० लाख जम्मा भइसकेको छ ।
जिल्लाको मादी गाउँपालिकाले पहिलो चरणमा ६५२ परिवारलाई राहत वितरण गरेको छ । राहतमा प्रतिपरिवार २५ केजीको एक बोरा चामल, दाल, चिनी र नुन एक केजीका दरले रु दुई हजार बराबरको खाद्यान्न वितरण गरिएको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले जानकारी दिए । गाउँपालिकाले चुलो बाल्न असमर्थ परिवारलाई राहत दिन रोकथामका लागि रु १० लाख बजेट विनियोजन गरेर प्रकोप व्यवस्थापन कोष खडा गरेको थियो । मादीमा राहतका लागि सुपर मादी हाइड्रोले रु १२ लाख ७६ हजार बराबरको खाद्यान्न सहयोग गरेको थियो ।
राहतका लागि प्रदेश सरकारले उपलव्ध गराएको रु पाँच लाख तथा गाउँपालिकाले स्थापना गरेको रु २५ लाख बजेटको विपद् व्यवस्थापन कोषबाट राहत वितरण भइरहेको बताइन्छ । गाउँपालिकाले स्थापना गरेको कोषमा हाल विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग जम्मा भइरहेको छ । त्यसैगरि रुपा गाउँपालिकाले ४०० परिवारलाई पहिलो चरणमा राहत वितरण गरिएको प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरेलले बताए । उनीहरुलाई रु दुई हजार बराबर एक बोरा चामल, दुई केजी दाल तथा एक पोका तेल वितरण गरिएको थियो ।
पाँच स्थानीय तह रहेको जिल्लामा अन्नपूर्ण गाउँपालिकाले भने हालसम्म राहत वितरण गरेको छैन । भविष्यमा अहिलेभन्दा ठूलो सङ्कट आउन सक्ने भन्दै अन्नपूर्णले अहिले राहत नदिएको गाउँपालिका अध्यक्ष युवराज कुँबरले बताए । आगामी दिनमा राहत आवश्यक परिवारलाई वितरणका लागि अहिले गाउँपालिकाले ७०० मूरी कोदो खरीद गरेको र राहत स्वरुप कोदो विरतण गरिने उनले जानकारी दिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: