काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम घटाउन लकडाउन घोषणा गरे पनि संक्रमितको संख्या बढ्न थालेपछि समुदायमा चिन्ता बढेको छ। शुक्रबारसम्म कोराना संक्रमित ३० जना पुगेका छन् ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका अनुसार, शुक्रबार थप १४ जनामा संक्रमण देखिएको छ। उदयपुर जिल्लामा १२ र चितवनमा २ गरी १४ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो। उदरपुरमा देखिएका सबै पुरुष छन्। मन्त्रालयका अनुसार, उदयपुरमा २० देखि ४० वर्षका पुरुषमा संक्रमण देखिएको छ।
व्यक्तिगत गोपनियताका कारण मन्त्रालयले उमेर मात्र खुलाएको छ। संक्रमितमध्ये एक जना बीस र अर्का बाइस र पच्चीस वर्षका छन्। त्यस्तै अर्का छब्बिस र अटठाइस वर्षका ३ जना छन्। २९ वर्षका दुई जना र ३४ वर्षका एक जना छन्। ४० वर्षका पनि एक जना रहेका छन्।
त्रियुगा नगरपालिका–३ भुल्के मस्जिदमा लुकेर बसेका १६ मध्ये १२ जनालाई कोरोना पोजेटिभ देखिएको हो। विराटनगरस्थित पीसीआर ल्याबमा गरिएको परीक्षणमा १२ भारतीयलाई कोरोना पोजेटिभ देखिएको हो। बाँकी चार जना नेपालीको रिर्पोट भने नेगेटिभ देखिएको छ।
कोशी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा १२ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले पुष्टि गरे।
उनीहरुको रिपोर्टको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालेसमेत पुष्टि गरेको उनले बताए। स्थानीय प्रशासनले उदयपुरका तीन मस्जिदमा अनुगमन गर्दा भुल्केमा १६ जना लुकेर बसेको फेला पारेको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताए।
मस्जिदमा रहेका १२ जनासँग भारतीय परिचयपत्र भेटिएको थियो। अन्य ४ जना नेपाली रहेका प्रजिअ पहाडीले बताए। लकडाउनको समयमा मस्जिदमा विदेशी आएर बसेको भन्दै स्थानीयले प्रशासनलाई खबर गरेका थिए।
सरकारले गत चैत ९ गते भारत–चीनसँग जोडिएका सबै सीमानाका बन्द गरे पनि भारतका अधिकांश नाकाबाट जोखिमपूर्ण आउजाउ भइरहेको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उदयपुरका संक्रमितको विस्तृत विवरण आफूलाई थाहा नभएको बताए।
मस्जिदमा रहेका ती व्यक्तिहरू लुकेर बसेको अवस्थामा परीक्षण गरिएको थियो। मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वास्थ्यकर्मीको टोलीले नाक एवं घाँटीको स्वाब संकलन गरेको थियो। त्यस्तै चितवनमा संक्रमितमध्ये एकजना पुरुष र अर्को महिला भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताए। उनीहरूको उमेर २७ र ६३ छ।
जोखिम बढयो : विज्ञ
सरकारले आवतजावत बन्दको घोषणा गरे पनि खुला सीमाका कारण जोखिम बढेको विज्ञको भनाइ छ।
नाकाको आवागमन जोखिमपूर्ण भएको उल्लेख गर्दै विज्ञले पछिल्लो संक्रमणले तेस्रो चरणमा प्रवेश गरेको संकेत भएको बताएका छन्।
कोरोना भाइरस समुदाय तहमा फैलिएको अवस्थामा तेस्रो चरणमा प्रवेश गरेको मानिन्छ। संक्रमितबाट समुदायमा फैलिएको पुष्टि भए तेस्रो चरणमा प्रवेश गरेको हुन्छ।
बरिष्ठ श्वासप्रश्वास एवं सघन उपचार (आइसीयु) विज्ञ डा. अर्जुन कार्कीले पछिल्लो अवस्थाले कोरोना भाइरसको संक्रमण तेस्रो चरणमा जाने संकेतका रूपमा लिन सकिने बताए। उनले भने, ‘लकडाउनको घोषणा सँगै सरकारले सतर्कताका प्रयत्नहरू नअपनाएको भए धेरै अघि विष्फोट हुन सक्थ्यो। असावधानी र लापरवाहीका कारण नेपालमा पनि विष्फोट हुन सक्छ। कति ठूलो र कतिखेर विष्फोट हुन्छ भन्ने मात्र हो।’
डा. कार्कीले भने, ‘भुसको आगो जस्तो हुने संभावना प्रबल छ। अहिले नै आत्तिहाल्नु पर्दैन। संक्रमण हुने बित्तिकै कोही मर्ने पनि होइन।’
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: