काठमाडौं । सरकारले कोरोना भाइरसको महामारीको समयमा बजार गुणस्तरहीन ह्याण्ड स्यानिटाइजरको आपूर्ति बढेपछि नेपाली औषधि उद्योगलाई स्यानिटाइजर उत्पादन गर्ने अनुमति दिन सुरू गरेको छ ।
आजको गोरखापत्र दैनिकमा खबर छ - यसअघि भारतसँग निर्भर नेपालले गत फागुनदेखि भारतमा नै महामारीका कारण नेपालमा स्यानिटाइजर र माक्स भित्रिन छाडेपछि औषधि व्यवस्था विभागले नेपाली औषधि उद्योगलाई उत्पादनको अनुमति दिन थालेको हो ।
विभागले गत फागुन महिनामै नेपालमा स्यानिटाइजर र माक्सको अभावका नाममा कालोबजारी सुरू भएपछि यी सामानको उत्पादनका लागि नेपाली औषधि उद्योगीलाई आब्हान गरेको थियो ।
विभागको सोही आब्हानपछि हाल सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडसहित अन्य निजी उद्योग गरी झण्डै २० वटाले स्यानिटाइजर उत्पादन गर्ने गरी अनुमति लिएर उत्पादन सुरू गरेको विभागले जनाएको छ ।
विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बजारमा पर्याप्त मात्रामा नेपाली कम्पनीले उत्पादन गरेका गुणस्तरीय हण्ड स्यानिटाइजर बजारमा आपूर्ति भइसकेको जानकारी दिनुभयो ।
उहाँले औषधि व्यवस्था विभागको मापदण्ड अनुसार दर्ता भएका, अल्कोहलको मात्रा ७० देखि ८० प्रतिशत भएका औषधि कम्पनीले उत्पादन गरेका स्यानिटाइजर मात्रै प्रयोग गर्न उपभोक्तालाई आग्रह गरे ।
विभागका अनुसार नेपाल औषधि लिमिडेट, लोमस फर्मास्युटिकल्स, एमडिएच फर्मास्युटिकल्स, अर्याफर्मा ल्याब, नोभा जेनेटिक फर्मास्युटिकल्सलगायतका विभिन्न २० वटा कम्पनीले स्यानिटाइजर उत्पादन थालेका छन र अन्यले पनि अनुमति लिने क्रममा रहेका छन् ।
यी कम्पनीले उत्पादनलाई निरन्तरता दिइरहेका र पर्याप्त मात्रामा बजारमा गइरहेकाले र कतै अभाव भएको खण्डमा सम्बन्धित क्षेत्रका औषधि पसल तथा अन्य विक्रेताले ती कम्पनीसँग सिधै सम्र्पक गरेर लग्न सकिने विभागका महानिर्देशक ढकालको भनाइ छ ।
ती कम्पनीबाट उत्पादित हण्ड स्यानिटाइजर विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्ड अनुसार गुणस्तरीय हुनुपर्ने भएकाले उनीहरूको उत्पादनमा कुनै कमजोरी भएमा औषधि ऐन अनुसार कारबाही हुने बताए । अनुमति लिएका कम्पनीले उत्पादन गरेका स्यानिटाइजरको गुणस्तर भए वा नभएको बारेमा ल्याबमा परीक्षण गर्ने काम भइरहेको र त्यसको गुणस्तर डब्लुएचओले तोके अनुसार नभए तत्काल उद्योगको दर्ता खारेजीदेखि त्यसले पारेको नकारात्मक प्रभावका आधारमा कारबाही गरिने महानिर्देशक ढकालले जानकारी दिए ।
विभागका अनुसार नेपालमा अहिलेसम्म ६३ वटा एओपेथिक औषधि उत्पादन गर्ने औषधि उद्योग सञ्चालनमा छन भने आयुर्वेद औषधि उत्पादक कम्पनीले भने विभागबाट नयाँ उद्योगले अनुमति लिने क्रममा छन । औषधि व्यवस्था विभागले हण्ड स्यानिटाइजरलाई औषधीय वस्तुमा सूचीकृत गरी तीन महिनाभित्र दर्ता भएर उत्पादन गर्न औषधि उद्योगलाई आब्हान गरेको थियो । यसअघि दर्ता प्रक्रियामा नभएका नेपाली कम्पनीले ह्याण्ड स्यानिटाइजर उत्पादन गरेका थिएन ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: