काठमाडौं। बिहीबार बिहान ओरालो लाग्दै हामीले नागढुंगा चेकपोस्टका प्रहरीसँग सोधेका थियौं– आज कति जति मजदुर हिँडेर बाहिर गए रु करिब ५ मिनेट मात्रै ओरालो झरेपछि भित्तामा अडेस लागेर सुस्ताएका तीन जना यात्रीलाई हामीले भेट्यौं । तीमध्ये एक जना सात महिनाकी गर्भवती रहिछन् ।
आजको कान्तिपुर दैनिकमा खबर छ - पृथ्वी राजमार्गको नागढुंगाभन्दा पर पिपलामोड पुग्दा हेटौंडा हिँडेको ट्रकले ‘नारायणघाटसम्म पुर्याइदिन्छु’ भनेपछि बिहीबार बिहान ट्रकमा बसेका मजदुरहरू (बायाँ) । तर धादिङको गल्छी पुगेको उक्त ट्रकलाई प्रहरीले ‘जहाँबाट ल्याएको हो त्यहीँ लगेर छाडिदिनू’ भनेपछि फर्केर पिपलामोडमै छाडिदिएपछि फेरि हिँडेर महादेवबेंसी पुगेका मजदुर । तस्बिर स् प्रकाशचन्द्र तिमिल्सेनारकान्तिपुर
सल्यान, कपुरकोटकी १७ वर्षीया गर्भवती कमला घर्ती आफ्नै रहर या साथीसंगतिको लहलहैमा हिँडेर सल्यान पुग्न कस्सिएकी भने होइनन्। इँटाभट्टामा काम गर्दा कमाएको पैसा र अलिअलि भएको रासन ‘लकडाउन’ को २४ औं दिनमा आइपुग्दासम्म सकिएपछि उनीसँग जसरी भए पनि घर फर्किनुको अर्को विकल्प थिएन।
‘पेटमा बच्चा छ, साहुले रासन पनि दिएन,’ कमलाले भनिन्, ‘जसोतसो घर पुग्न पाए हुन्थ्यो भनेर निस्किएका हौं।’कमलाका श्रीमान्सहितको टोली भने एक घण्टाअघि नै त्यहाँबाट हिँडिसकेको रहेछ। कमलाहरूचाहिँ काठमाडौंमा मालसामान छाडेर फर्किएका ट्रकले चढ्न देलान् कि भनेर पर्खिबसेका रहेछन्। ‘हिँड्न सकिएन, हाम्रो बिजोग भयो, जसरी पनि लगिदिनुस् भनेपछि दया देखाउँछन् कि भनेर कुरेका हौं,’ कमलासँगै रित्तो ट्रक पर्खेर बसेकी कपुरकोटकै प्रतिभा बुढाले भनिन्।
उनीहरूलाई त्यहीँ छाडेर हामी नौबिसेतर्फ अघि बढ्यौं। जसै काठमाडौं जिल्लाभित्रै पर्ने पिपलामोड सकिनेबित्तिकैको सानो मोड पुग्यौं, एक हूल मानिसहरू ट्रकमा अटेसमटेस भएर बसिरहेका थिए। बर्दियाका मात्रै ३९ र दाङ, सल्यानका ११ जनाको त्यो टोली काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोकका विभिन्न कलकारखानामा काम गर्ने मजदुरहरूको रहेछ।
यसअघि ट्रकमा त्यसरी खाँदाखाँद गरेर तराई–मधेसबाट राँगा–भैंसी मात्रै ल्याएको देखेका हाम्रा आँखा त्यो दृश्यले बिझाउनु स्वाभाविक थियो। तर रातोदिनको हिँडाइले लखतरान परेका ती मजदुरहरूलाई दुई खुट्टा मात्रै अड्याउन भए पनि ट्रक भेटिएकामा असाध्यै खुसी लागेको थियो।
कति जना सिन्धुपाल्चोकबाट दुई दिन हिँडेर त्यहाँ पुगेका रहेछन् भने कति काभ्रेबाट दिनभरिको बाटो नापेर जम्मा भएका। तामाकोसी हाइड्रोपावरमा काम गर्न चैत ८ गते मात्रै सिन्धुपाल्चोक पुगेका निरञ्जन बुढाथोकी दुई दिन हिँडेर काठमाडौं कटेपछि त्यो ट्रक चढ्न पाएका थिए। हिँड्दै आउँदा पनि ठाउँ–ठाउँमा प्रहरीको केरकारमा परेका उनी बाटोमा खाना, चिउरा र चाउचाउ खुवाउने तथा ट्रकले नारायणघाटसम्म पुर्याइदिन्छु भनेर मागेको पाँच सय रुपैयाँ तिरिदिने मनकारीप्रति कृतज्ञ देखिए।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: