Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

स्थानीय सरकारलाई इसाई समाजद्वारा पाँच लाख सहयोग

सुर्खेत । सुर्खेतका ख्रिष्टियनको छाता सङ्गठन इसाई समाज सुर्खेतले यहाँका स्थानीय सरकारलाई रु पाँच लाख ३० हजार ४०० सहयोग गरेको छ । कोभिड–१९ को प्रतिकार्य, रोकथाम, नियन्त्रण र समस्यामा परेकाको राहत तथा उपचारका लागि भनेर समाजले यहाँका सातवटा स्थानीय तहमा सहयोग गरेको हो । इसाई समाजका सुर्खेतका अध्यक्ष रेभ पास्टर पद्म गैरे नेतृत्वको टोलीले नगरपालिकाको विपद् कोषमा जम्मा गरेको रु दुई लाख १० हजार ५०० रकम भौचर आज वीरेन्द्रनगर नगरपालिकाका कार्यवाहक प्रमुख मोहनमाया ढकाललाई हस्तान्तरण गरेको छ ।

सो भौचर ग्रहण गर्दै कार्यवाहक प्रमुख ढकालले सङ्कटका बेला सरकारको सहयात्री भएर हिँड्ने समाजको नेतृत्वप्रति हार्दिक कृतज्ञता प्रकट गरे । “यो हाम्रा लागि अमूल्य सहयोग हो । यसको उचित उपयोग, व्यवस्थापन तथा परिचालन गरिनेछ,” उनले भने, “वीरेन्द्रनगर नगरपालिकाले पनि यो अकल्पनीय सङ्कटको समाधानका लागि विभिन्न योजना बनाएर अघि बढेको छ ।”

त्यस्तै, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले चर्च, मन्दिर, मस्जिदलगायत धार्मिकस्थलमा भएका भोका, समस्या परेकाहरु भए तिनको विवरण दिएर सहयोग पु¥याउन समाजलाई अनुरोध गरे। उक्त विवरणका लागि सरकारलाई सहयोग गर्ने भन्दै समाजका अध्यक्ष गैरेले चर्चले विपन्न, गरिब, समस्यामा परेका र केही अपाङ्गता भएका नागरिकलाई चर्चले सहयोग गर्दै आएको बताए ।

त्यस्तै, समाजले सु्र्खेतका अन्य स्थानीय सरकारमा लेकबेसी नगरपालिकालाई रु ६८ हजार, गुर्भाकोट नगरपालिकालाई रु ६५ हजार ९००, भेरीगङ्गा नगरपालिकालाई रु ६० हजार र पञ्चपुरी नगरपालिकालाई रु ५१ हजार सहयोग गरेको उहाँले जनाए। त्यसैगरी, बराहताल गाउँपालिकालाई रु ५० हजार र चौकुने गाउँपालिकालाई रु २५ हजार सहयोग गरिएको उनको भनाइ थियो । अध्यक्ष गैरेका अनुसार मानवीयता बचाउन र सामाजिक दायित्व पुरागर्ने ध्येयले सरकारलाई यहाँका ३१ चर्चको सामूहिक सहयोग भएको हो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: