प्यूठान । प्यूठान नगरपालिका–९ मरन्ठानाकी दुर्गा केसीलाई फुर्सद नै छैन । हाल उनी हर्बल साबुन बनाउन व्यस्त हुनुहन्छ । लकडाउनका समयमा पनि चिउरीबाट बनाइएको साबुनले राम्रै बजार पाएको छ । केसीको मरन्ठाना खरीबोटमा झिमरुक हर्बल साबुन उद्योग सञ्चालनमा छ ।
लकडाउनका कारण बजार बन्द हुँदा गाउँमा पर्याप्त उपभोग्य वस्तु सहजै नपाइँदा केसीको उद्योगमै साबुन खरीद गर्न आउने बढ्दै छन् । स्थापना भएको १६ वर्ष हुँदासमेत स्थानीय बजारमा प्रभाव पार्न नसकेको साबुनले अहिले राम्रो बजार पाएको उद्यमी केसी बताउछन् । “स्थानीय स्रोत र साधनको प्रयोग गरी बनाइएको उद्योगको साबुन जापानसम्म निर्यात हुन्थ्यो तर स्थानीय बजार पाउन सकेको थिएन । अहिले कोरोनाको संक्रमणबाट बच्न स्थानीयवासीले जडिबुटीबाट निर्मित यही हर्बलको साबुन प्रयोग गर्न थालेका छन् ”, उनले भने ।
जिल्लामा राहत वितरणका लागि विभिन्न संघसंस्था र व्यक्तिले समेत साबुन लैजाने गरेपछि उद्योग फस्टाउँदै गएको छ । केसीले बनाएको साबुन ललितपुरको कुपण्डोलमा रहेको महागुठी संस्थान हुँदै जापान निर्यात हुने गरेको तर लकडाउनका कारण बाहिर जान बन्द भए पनि स्थानीय बजारमा राम्रो बिक्री भइरहेको छ । गाउँमै पाइने चिउरीको घिउ, नरिवलको तेल, केस्टक तेल (आर्युवेदिक) र काष्टिक सोडा तेल प्रयोग गरी साबुन बनाइन्छ
चाहनानुसार क्यामोमाइल, मेन्था, टिमुर, पामारोजालगायत सुगन्धित तथा जडिबुटीको प्रयोग गरिन्छ । केस्टर तेल र जैविक सुगन्धित काष्टिक सोडा जिल्ला बाहिरबाट ल्याउनुपर्ने भए पनि लकडाउनपूर्व नै पर्याप्त सञ्चय गरेका कारण अहिले काम गर्न सहज भएको केसीको भनाइ छ ।
विसं २०५९ मा रु ४५ हजारको लगानीमा सञ्चालनमा आएको झिमरुक साबुन उद्योगको पूँजी अहिले रु ११ लाख बराबरको छ । उद्योगमा गाउँका तीन जनालाई रोजगारी प्रदान गरिएको छ । लद्यु उद्यमबाट तालीम लिएर सञ्चालन गरेको उद्योग फस्टाउँदै गएपछि स्थानीयवासी महिलाले समेत त्यसप्रति चासो राख्न थालेका छन् । गत आवमा रु तीन लाख आम्दानी गरिएकामा यस वर्ष चैतसम्म रु चार लाख आम्दानी भएको उद्यमी केसीले जानकारी दिए । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि स्थानीयवासीले गाउँकै साबुन प्रयोग गर्न थालेपछि गत महिना मात्रै रु ८० हजारको साबुुन बिक्री भएको उनको भनाइ छ ।
पछिल्लो समयमा नगरपालिकाले स्थानीय उत्पादन वृद्धिका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । गत आर्थिक वर्ष २०७५÷०७६ मा प्युठान नगरपालिकाबाट रु तीन लाख र वडा नं (बाट रु ५० हजार आर्थिक सहयोग उपलब्ध गराइएको जनाइएको छ । स्थानीयस्तरमा हुने मेला, महोत्सव तथा कार्यक्रममा मायाको चिनोस्वरुप साबुन दिने गरिएको छ । नगरपालिकाले राहत वितरण गर्दा हर्बल साबुनसमेत प्रदान गरेको छ । “स्थानीय उद्यमीलाई प्राथमिकता दिनुपर्दछ भनेर समय समयमा अनुदान दिएका छौँ,” नगर प्रमुख कक्षपतिले भने, “साबुनपानीले मिचिमिची हात धुन हर्बल साबुन राहत वितरण गरेका छौंँ ।”
मानव स्वास्थ्यका लागि उपयोगी प्राकृतिक जडिबुटीबाट निर्मित साबुनले छालाको चाउरी, खस्रोपना, दाग र चाया हराउने तथा कपाल चम्किलो पार्नाका साथै नरम बनाउने उद्यमी केसीको जिकिर छ । हर्बल साबुुनवारे थाहा पाएर देशका विभिन्न जिल्लाबाट अवलोकनका लागि उद्योगमा आउने गरेका छन् ।
सफल उद्यमीका रुपमा स्थापित केसी लद्युउद्यम विकास कार्यक्रम(मेडेफ) मार्फत जापान पुगेका थिए । पारिवारिक हिंसा सहन नसकेर लघु उद्यम सञ्चालन गरेको केसीको आत्मनिर्भर बनेपछि आत्मबल अझै बढेको छ । “महिला आत्मनिर्भर भएमा जीवन निर्वाह गर्न सहज हुनेरैछ”, उनी भन्छन्
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...


प्रतिकृया लेख्नुहोस्: