Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

कोरोना सङ्क्रमितको उपचारसँगै पाटन अस्पतालमा सबै सेवा नियमित

काठमाडौं । लगनखेलस्थित पाटन अस्पतालले कोभिड–१९ का सम्भावित सङ्क्रमितको उपचारसँगै यहाँ आउने सबै रोगका बिरामीको उपचार गरिरहेको छ ।

अस्पतालले कोभिड–१९ का सम्भावित बिरामीलाई ‘आइसोलेसन शय्या’ मा राखेर उपचार गरिरहेको छ । अरु सबै किसिमका समस्या लिएर बिरामीहरु अस्पताल आइपुग्ने गरेका छन् । ती बिरामीको पनि उपचार गरिएको अस्पतालका निर्देशक डा। विष्णुप्रसाद शर्माले बताए। ‘लकडाउन’ का कारण बिरामीलाई अस्पतालसम्म आउन सहज नभएकाले सङ्ख्या घट्नु स्वभाविक भएपनि अस्पतालले सबै सेवा नियमित गरेको उहाँको भनाइ छ । उनले भने, “बिरामीको सङ्ख्या कम भएपनि सबै खालका बिरामी आइरहेका छन् ।”

काठमाडौँ उपत्यकामा बिरामीको चाप उच्च रहने अस्पतालमध्ये यो अस्पताल पनि एक हो । सामान्य अवस्थामा दैनिक झण्डै दुई हजार बिरामी आउने गरेकामा ‘लकडाउन’ यता यो सङ्ख्या घटेर दैनिक दुई सय हराहरीमा पुगेको अस्पतालले जनाएको छ । अस्पतालमा प्रसूति सेवाका लागि आउनेको सङ्ख्या पनि धेरै छ । त्यो सङ्ख्या ‘लकडाउन’ पछि पनि खासै कम नभएको निर्देशक डा। शर्माले बताए ।

सरकारले यो अस्पताललाई कोभिड–१९ को केन्द्र अस्पतालका रूपमा तोकेको छ । अस्पतालले सङ्क्रमित व्यक्तिलाई उसको अवस्थाअनुसार उपचारका लागि तयारी गरेको छ । रुघाखोकी र ज्वरोका कुनै पनि बिरामी अस्पताल पुगेपछि उसलाई छुट्टै राख्ने शय्या ९आइसोलेसन वार्ड० को व्यवस्था गरिएको छ । यही शय्यामा बिरामीलाई सङ्क्रमण परीक्षण हुने गरेको निर्देशक शर्माले बताउनुभयो । परीक्षणमा पोजेटिभ देखिँदा ती व्यक्तिलाई राख्न अस्पतालमा छुट्टै १५ शय्याको व्यवस्था छ । अस्पतालमा अहिले पनि हिजो काँडाघारीको सनसीटि अपार्टमेन्टबाट आएका एउटै परिवारका तीन जना व्यक्ति छन् । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट रिपोर्ट आउन बाँकी छ । उनीहरुमा अरु स्वास्थ्य समस्या नदेखिएको उहाँले बताउनुभयो । कोरोना भाइरस सङ्क्रमणको सम्भावना देखिएर अहिलेसम्म ‘आइसोलेसन वार्ड’ मा राखिएका ३८ जना घर फर्किएको अस्पतालले जनाएको छ ।

अस्पतालमा अहिले २० वटा सघन उपचार कक्ष रहेका छन् । कतिपय शय्यामा अहिले अरु रोगका बिरामी रहेका छन् । अरु रोगका बिरामीलाई व्यवस्थापन गर्दै कक्ष आवश्यक पर्दा कोभिड–१९ का गम्भीर खालका बिरामीलाई उपचार गर्ने तयारी भइरहेको छ । तत्कालका लागि अस्पतालले गरेको व्यवस्थापन अपर्याप्त नभएको निर्देशक शर्माले बताए। भविष्यमा माहामारीकै अवस्था आउँदा अपर्याप्त हुनसक्ने भएपनि अहिलेको अवस्था पर्याप्त हुने देखिएको छ । जिल्लामा रहेका अस्पतालले पनि उपचारका लागि तयारी अवस्थामा रहनुपर्ने उनको भनाइ छ ।

पाटन अस्पतालले यहाँ कार्यरत चिकित्सकको सुरक्षाका लागि दुई साता पहिलेदेखि आफैँले पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट ९पिपिई० बनाउन थालेकामा अहिलेसम्म झण्डै दुई सय थान तयारी गरिसकेको छ । तीमध्ये धेरै प्रयोगसमेत भइरहेको र कतिपय आगामी दिनमा प्रयोग गरिने अस्पताल प्रशासनले जनाएको छ । ‘पिपिई’ अभावको अवस्था आउन नदिन अस्पतालले भने आफैँ निर्माण शुरु गरेको निर्देशक डा। शर्माले बताए । उनले भने, “चीनमा रोगको सङ्क्रमण देखिएपछि नै यहाँ पिपिई बनाउने योजना बनाइएको थियो, नेपालमा नै सङ्क्रमित बिरामी देखिएपछि बनाउन शुरु गरिएको हो ।”

अस्पतालले यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई नै आवश्यक भएकाले पिपिई बनाउन शुरु गरेको हो । आइसोलेसन वार्डमा रहेका बिरामीको उपचारमा संलग्न चिकित्सकले पिपिई प्रयोग गर्दै आएका छन् । अस्पतालमा पिपिई बनाउन थालिएको भनेपछि धेरैले अरु अस्पतालका लागि वा बेच्नका लागि भन्ने भ्रममन्दा मा रहेका छन् । भविष्यमा यहाँको आवश्यकताभन्दा बढी हुँदा अरु अस्पताललाई सहयोग पनि गर्न सकिने उनले बताए । उनले भने, “अहिलेको उत्पादनको अवस्था हेर्दा अरुलाई दिन सकिने अवस्था भने आइसकेको छैन ।”

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending