Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

पर्यटन सम्बद्ध मजदूरको चिन्ता, पर्यटक नआए के खाने ?

काठमाडौं । विगत १० वर्षदेखि पथप्रर्दशकको काम गर्दै आएकी इन्द्रकला राई यतिबेला चिन्तित छिन्, कोरोना सङ्क्रमणको विश्वव्यापी महामारीले अन्य क्षेत्रमा जस्तै पर्यटन क्षेत्रमा आएको उथलपुथलले अब कसरी जीविकोपार्जन गर्ने भन्ने चिन्ता उनमा थपिएको छ । सोलुखम्बु मातेदूधकोशी गाउँपालिका–५ की राई विगत १० वर्षदेखि पोखरामा थ्री सिस्टर्स टे«किङबाट पथप्रदर्शकका रुपमा काम गर्दै आएका छन् ।

राई भन्छन्, “लकडाउन केही समयपछि जसोतसो खुल्ला तर तत्काल पर्यटक आउने सम्भावना देखिँदैन, विश्वभरि देखिएको कोरोना सङ्क्रमणले पर्यटन क्षेत्रमा झनै धेरै प्रभाव पर्ने देखिन्छ, अबको विकल्प के होला सोचिराखेकी छु ।” पर्यटक आउने याममा काम गरेर त्यसैबाट जीविकोपार्जन गर्दै आएकामा अहिले यामको मुखमा कोभिड–१९ का कारण समस्यामा परेको उनको भनाइ छ ।

त्यस्तै विगत १३ वर्षदेखि पथप्रदर्शकका रुपमा काम गर्दै आएका विपिनराज सापकोटा पनि वर्तमान सङ्कटले पेशा नै धरापमा परेको बताउछन्। “हाम्रो पेशा प्रत्यक्ष पर्यटकसँग जोडिएको छ, पर्यटक आएनन् भने हाम्रो रोजीरोटी नै चल्दैन, अहिलेको अवस्थाले लामै समय पर्यटन क्षेत्रलाई प्रभाव पार्ने देखिन्छ ।” सापकोटाले विकल्प खोजिएन भने भोकै बस्नुपर्ने दिन आउन सक्ने बताए। उनले मासिक ७० देखि ८० हजार कमाउने र वर्षमा छ महिनामात्र सिजन हुने बताए ।

पोखरामा मात्रै करीब एक हजार हाराहारीमा पदयात्रा सम्बद्ध पर्यटक मजदूर सम्बद्ध संस्था युनिट्राभ गण्डकीका अध्यक्ष विजय केसीले जानकारी दिए । “सिजन कुरेर बसेका पदयात्रा सम्बद्ध मजदूरहरु यतिबेला निकै चिन्तित अवस्थामा हुनुहुन्छ, जनवरीबाटै कोरोनाको प्रभावले पर्यटक आउने क्रम घटिसकेको थियो । लकडाउनले ठ्याप्पै पा¥यो ।” केसीले वैकल्पिक पेशा नखोज्ने हो भने, अब पर्यटन क्षेत्रमा कार्यरत मजदूर बाँच्न गाह्रो हुने बताए ।

ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल ९टान० पश्चिमाञ्चलका सचिव जीवन सापकोटाले अहिले पर्यटन क्षेत्र सम्बद्ध मजदूरलाई मजदूर कल्याकारी कोषमा जम्मा भएको रकमबाट राहत दिनुपर्ने बताछन्। “राज्यले लागू गरेका टिम्समा ९ट्रेकिङ इन्फरमेशन म्यानेजमेन्ट सिष्टम० नेपाल पर्यटन बोर्ड र टानबीच सम्झौता भएर मजदूर कल्याणकारी कोषका लागि १० प्रतिशत छुट्याएको छ, तर त्यसको आजसम्म हिसाबकिताब बोर्डले देखाएको छैन । अहिलेको कठिन अवस्थामा त्यो रकम पर्यटक मजदूरलाई प्रदान गर्नु उपयुक्त हुन्छ ।”

उनले तालीम प्राप्त गाइड पोर्टरहरुले यदि विकल्प खोज्न थाले भने आउने दिनमा पर्यटन क्षेत्रमा दक्ष जनशक्ति अभाव हुने बताए। उनले लकडाउन खुलेपछि पर्यटक मजदूरलाई नयाँ–नयाँ गन्तव्य पहिचानका लागि प्रोत्साहित गरेर पर्यटन क्षेत्रमा थप सम्भावनाको खोजीका लागि केही समय उपयोग गर्न सके मजदूरको रोजीरोटी पनि चल्ने र कोषको रकम पनि सही सदुपयोग हुने धारणा राखे ।

यसैगरी पोखरामा कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनले छाक टार्न समस्यामा परेका पदयात्रा पर्यटन सम्बद्ध मजदूरलाई पोखरा महानगरपालिका–६ ले राहत वितरण गरेको छ । देशका विभिन्न जिल्लाबाट पोखरामा आएर पथप्रर्दशक र भरियाका रुपमा कार्यरत मजदूरलाई राहत वितरण गरिएको युनिट्रापका अध्यक्ष विजय केसीले जानकारी दिए। उनले लकडाउनले सबै कुरा ठप्प भएकाले निकै कठिन अवस्थामा रहेका पर्यटन सम्बद्ध ८५ मजदूरलाई महानगरबाट आधा प्याकेजको राहत प्रदान गरिएको जानकारी दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending