Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

पोखरामा अलपत्र परेका ३ सय ४० मुस्ताङवासीलाई राहत प्रदान

कास्की । कोभिड–१९ को सम्भावित जोखिम हुन नदिन जारी लकडाउनका कारण पोखरामा अलपत्र माथिल्लो मुस्ताङवासीलाई गण्डकी प्रदेश सरकारले राहत प्रदान गरेको छ ।

हिउँदको समयमा चिसो छल्न र व्यापार व्यवसाय तथा अध्ययनका लागि यहाँ झरेका र लकडाउनले घर फर्किन नसकेका लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका ३४० जनालाई आज प्रदेश सरकारकोतर्फबाट राहतस्वरुप खाद्यन्न वितरण गरिएको हो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले पोखरा–२५ स्थित एक घरमा आश्रय लिएर बसेका २० जनालाई राहत वितरण गरी राहत बाँड्ने कार्यको शुभारम्भ गरेको हो ।

पोखराको चाउथे, पृथ्वीचोक, काजीपोखरी, हेमजालगायतका स्थानमा बसेकालाई राहत वितण गरिएको थियो । मुस्ताङबाट प्रतिनिधित्व गर्ने गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले व्यापार व्यवसायसँगै अध्ययनका लागि आएका विद्यार्थीसमेत गरेर ५१५ जना सवारी साधान नचल्दा घर जान नपाएर अलपत्र परेको जानकारी जानकारी दिए ।

विभिन्न गुम्बामा अध्ययन गर्ने विद्यार्थीलाई मुस्ताङका केही व्यक्ति मिलेर राहत प्रदान गर्न लागिएको बताइन्छ । चिसो बढेसँगै व्यापारका लागि वर्षेनी बेँसीमा झर्ने मुस्ताङीहरु गर्मी शुरु भएसँगै आआफ्नो घर फर्केने गरे पनि यसपटक लकडाउनका कारणले घर जान पाएका छैनन् ।

प्रदेश सरकारले विपद्को समयमा कोही पनि नागरिक भोकभोकै बस्न नपरोस् भनेर उनीहरुलाई राहत प्रदान गरिएको मन्त्री चुमानले बताए । “कोरोनाका कारणले प्रभावितका लागि राहत दिन सरकारले ८५ वटै पालिकामा बजेट निकासा गरेको छ । आफ्नो गाउँ जान नपाएर शहरमा अलपत्र कतिपयले पालिकाबाट राहत पाउन सकेका छैनन्, उनीहरुलाई प्रदेश सरकार आफँैले राहत वितरण गरेको हो”, मन्त्री चुमानले भने ।

गण्डकी प्रदेश सरकारले कोरोबाट प्रभावित विपन्न, दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक तथा असहायका लागि राहत वितरण गर्न पोखरा महानगरपालिकालाई रु एक करोड, २६ नगरपालिकाहरुलाई प्रति नगरपालिका रु १० लाख तथा ५८ वटा गाउँपालिकालाई रु पाँच लाखका दरले कूल रु छ करोड ५० लाख बजेट निकासा गरेको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: