Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा एक्सन टोली

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका कोरोना भाइरसको सामना गर्न चार रणनीतिक योजनासहित एक्सन टोली निर्माण बनाएको छ । सर्वदली र सर्वपक्षीय बैठकको तय गरेको रणनीतिअनुसार तीन तहको कार्यसमूह बनाएर गाउँपालिका टोली परिचालन भएको छ ।

गाउँपालिका अध्यक्ष वंशलाल तामाङको नेतृत्वमा गाउँपालिकास्तर, वडाध्यक्षको नेतृत्वमा वडास्तर र टोलस्तरको नेतृत्वमा स्वयंसेवक टोली निर्माण गरेर कोरोना सामना गर्न सिङ्गो स्थानीय तह उठेको हो । तीन तहको समितिमा सबै राजनीतिक पार्टीका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकाय, स्वास्थ्य संस्थाका प्रमुख, स्थानीय सङ्घसंस्थाका प्रतिनिधि तथा महिला स्वयंसेविका पनि संयुक्तरूपमा परिचालन हुनेछन् । गाउँपालिका अध्यक्ष वंशलालका अनुसार सबै टोल स्वयंसेवक समितिले स्वदेश तथा विदेशबाट आएका व्यक्तिको लागत राख्ने, पहिचान गर्ने, परिचालन गर्ने र प्रतिवेदन बनाउने चार रणनीति तयार गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का प्रमुख नुनबहादुर सापकोटा, नेपाली काँग्रेसका प्रमुख फुर्पा तामाङ, स्वस्था संयोजक पर्शुराम श्रेष्ठ, नवलपुर प्राथमिक अस्पतालका डा धर्मेन्द्र झा, इलाका प्रहरी कार्यालयका प्रमुख होमप्रकाश चौधरीलगायत पालिकाका सम्बन्धित कर्मचारीसमेतको उपस्थिति थियो ।

इचोकमा बर्थिङ सेन्टर

हेलम्बु गाउँपालिकाको विकट गाउँमा सुविधासम्पन्न बर्थिङ सेन्टरले महिला खुशी छन् । हेलम्बु–७ इचोकमा भिडियो एक्सरेसहितको बर्थिङ सेन्टरबाट सेवा पाएपछि महिला खुशी भएका हुन् । गाउँमै विषेश सुविधा पाएपछि हेलम्बुको इचोक बर्थिङ सेन्टरमा सुत्केरी गराउनेको सङ्ख्या ह्वात्तै बढेको छ । भिडियो एक्सरे, २४सै घण्टा स्वास्थ्यकर्मीको व्यवस्था र गाउँपालिकाको विषेश आर्थिक सहयोग, एम्बुलेन्स सुविधालगायतको व्यवस्थाले ग्रामीण महिला सुत्केरी गराउन बर्थिङ सेन्टरमा आउन थालेका हुन् ।

हेलम्बु गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार गाउँपालिकामा दुई बर्थिङ सेन्टर छ । दुई वर्षअघि पाँच जना मात्र बर्थिङ सेन्टरमा सुत्केरी हुन आएका थिए । हाल चालू वर्षको नौ महिनामा झण्डै १०० भन्दा बढी बर्थिङ सेन्टरमा सुत्केरी हुन आएको पालिका अध्यक्ष नीमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: