Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

इजरायलद्वारा कोरोना सङ्क्रमितको उपचारमा रोबोटको प्रयोग गर्ने

जेरूसेलम । इजरायली अन्वेषकहरूले कोरोनाभाइरसको सङ्क्रमणका विरामीलाई हेर्ने क्रममा स्वास्थ्यकर्मीलाई सङ्क्रमण हुने जोखिमलाई कम गर्नका लागि स्वास्थयकर्मीले टाढाबाट सञ्चालन गर्ने रोबोट प्लेटफर्मको विकास गरेको इजरायली इन्स्टिच्युट अफ टेक्नोलोजीले शुक्रबार जनाएको छ ।

रोबोट सम्लग्न भिडियो क्यामेराको सहयोगमा ‘जोयस्टिक’ वा ‘स्मार्टफोन’ एप्लिकेसन प्रयोग गरेर स्वास्थ्यकर्मीले टाढाबाट विरामीलाई परीक्षण गर्ने प्रविधिको विकास इजरायलले गरेको हो । यो रोबोट उत्तरी शहर हाइफामा रहेको रमबामको अस्पतालको आवश्यकता अनुसार विकसित गरिएको हो र चाँडै नै त्यहाँ सञ्चालन हुने आशा गरिएको छ ।

अन्वेषकहरुका अनुसार अपेक्षाकृत छोटो समयमा उनीहरु रमबाम र अरु इजरायली अस्पतालहरुमा त्यस्तै रोबोटहरू निर्माण गर्न सक्षम हुनेछन् ।

अर्को चरणमा रोबोटमा एक सञ्चार प्रणाली सम्मिलित गरिनेछ जसमा प्राविधिक सामग्रीहरू स्क्रिन, क्यामेरा, माइक्रोफोन र स्पिकर समावेश हुनेछ र यो बिरामीदेखि बिरामीसम्म सर्न सक्षम हुनेछ र वास्तविक समयमा मेडिकल स्टाफमा सूचना प्रसारित गर्न सक्नेछ ।

“हामी त्यस्ता सुविधाहरू थप्नेछौं जसले वास्तविक उपचारमा मद्दत गर्दछ । जस्तै सेन्सरहरूले बिरामीको नाडी दर र रगत अक्सिजन स्तर जाँच गर्छन्,” अन्वेषक टोलीका एक सदस्यले बताए ।

रोबोट इजरायलको हाईफाको एक उच्च माध्यमिक विद्यालय र त्यहाँबाट उत्तीर्ण विद्यार्थीहरूको ‘पहिलो’ रोबोटिक्स कार्यक्रम अन्तर्गत विकसित गरिएको थियो ।

एक अन्तर्राष्ट्रिय शैक्षिक संस्थाले छात्रछात्रा र युवाहरूको बीचमा उद्यमशीलता र सिकाई सीपको प्रोत्साहनका लागि उक्त कार्यक्रम विज्ञान र प्रविधि क्षेत्रमा प्रेरणा र पहिचान दिन गरिने रोबोटिक्स प्रतियोगिताबाट निर्माण गरिएको थियो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies