काठमाडौं । विश्वव्यापी संक्रमण भईरहेको कोरोना भाईरसले बुधबार साँझसम्ममा ८३ हजार बढीको ज्यान लिईसकेको छ ।
ठुलो मात्रामा संक्रमण र मृत्युका कारण कैंयन देशहरुमा अन्तिम संस्कार समेत अस्तव्यस्त बनिरहेको मात्रै छैन, अमेरिकाजस्तो अति सम्पन्न मुलुकको न्युर्योक शहरमा समेत शव राख्न स्थानको अभाव भएका खबरहरु बाहिरिईरहेका छन् ।
हाम्रो मुलुकमा कोरोना संक्रमणको विकराल अवस्था छैन । जम्मा ९ जनामा देखिएको संक्रमणमध्ये १ जना पूर्ण निको भएर घर फर्किसकेका छन् भने बाँकी ८ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । तर मानिसहरुको शवबाट समेत संक्रमण हुने खतरालाई मध्यनजर गर्दै नेपाल सरकार स्वास्थ्य मन्त्रालयले कोरोनाबाट मृत्यु भएका शवको लागी १९ बुँदे कार्यविधि निर्माण गरेको छ ।
मृतकका आफन्तले १ मिटर टाढैबाट हेर्न पाउनेदेखि ६० वर्ष पुगेका र दिर्घरोगी आफन्तहरुलाई शव नजिक जान नदिनेसम्मको व्यवस्था गरेको छ ।
बाँकी के छ त कार्यविधिमा हेर्नुहोस् स्वास्थ्य मन्त्रालयले तय गरेको १९ बुँदे कार्यविधि –
(क) शव लिन जानु पूर्व शववाहनका चालक तथा कर्मचारीहरुले PPE को प्रयोग गर्नु पर्दछ।
(ख) मृतकको कुलधर्म अनुसार शवको सम्मान गर्दै निजका उपस्थित आफन्तहरु समेतलाई सुरक्षित राख्नु पर्दछ।
(ग) CovID-19 को कारण मृत्यु भएको शव जथाभावी सदगत गर्न हुँदैन।
(घ) शवलाई अस्पताल/घरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्सका कर्मचारी, सदगत गर्ने व्यक्तिहरु र सदगतमा सहभागी हुने मृतकका आफन्तजनले पञ्जा, चस्मा, टोपी, मास्क सहितको PPE प्रयोग गर्नु पर्दछ।
(ङ) शवलाई कम भन्दा कम चलाउनु पर्दछ।
(च) शवमा लागेका पाइपलगायतका सामाग्रीहरु हटाइ दिनुपर्दछ।
(छ) शवको कुनै भागबाट श्राव भइरहेको भए त्यस भागलाई होसियारीपूर्वक बन्द गर्नुपर्दछ।
(ज) शव अन्तिम संस्कार गर्ने स्थलतर्फ लैजान साधारण शववाहनको प्रयोग गर्न सकिनेछ।
(झ) शवलाई Disinfect गर्नु आवश्यक छैन।
(ज) शवलाई चाँडोभन्दा चाँडो अन्तिम संस्कार गर्ने स्थलमा पुर्याउनुपर्दछ।
(ट) शवको कुनै भागबाट श्राव भएमा बाहेक शव राख्न विशेष ब्यागको आवश्यकता पर्ने छैन।
(ठ) ६० वर्ष माथिका व्यक्तिहरु र दीर्घ रोगीहरुलाई शवको नजिक जानबाट रोक्नुपर्दछ।
(ड) सदगत गर्नु पूर्व आफ्नो कुल/परम्परा अनुसार शवलाई नछोइकन जल छर्कने, पाठ गर्ने तथा फुलमाला चढाउने जस्ता क्रियाकलापहरु गर्न सकिनेछ।
(ढ) मृतकका आफन्तले शव हेर्न चाहेमा शवलाई नछोइकन कम्तीमा एक मिटर टाढाबाट एक/एक जनालाई पालैपालो गरी हेर्न दिन सकिनेछ।
(ण) COVID-19 ले मृत्यु भएको व्यक्तिको सामान्यता पोस्टमार्टम गर्नु पर्दैन।
यदि गर्नु परेमा मतकको फोक्सो तथा अन्य अंगहरुमा जीवाणु जिउँदै हुन सक्ने हुनाले थप होसियारी अपनाउनु पर्दछ।
(त) यथेष्ट भेन्टिलेसनको व्यवस्था भएको कोठामा मात्र न्यून स्वास्थ्यकर्मीको उपस्थितिमा आवश्यक PPE प्रयोग गरेर पोष्टमार्टम गर्नु पर्दछ।
(थ) COVID-19 का कारण मृत्य भएका व्यक्तिको शव रहेको शव गृहमा उपयुक्त प्रकाश भेन्टिलेसन र सरसफाइको व्यवस्था गर्नु पर्दछ।
(द) पोस्टमार्टम सकिनेवित्तिकै प्रयोग गरेको सामाग्रीहरु Disinfect गर्नुपर्दछ।
(ध) Clinical Waste हरुको सावधानीपूर्वक Dispose गर्नुपर्दछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...



प्रतिकृया लेख्नुहोस्: