Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

काेराेनाकाे संकटमा पनि कालोबजारी गर्ने जगदम्बा स्टिलका सञ्चालक अग्रवाल पक्राउ

काठमाडौं । काठमाडौं शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल कालोबजारी आरोपमा पक्राउ परेका छन्। त्यो पनि कुटनीतिक निगोगको सवारी सधान प्रयोग गरेर कालोबजारी गरेको अवस्थामा। महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई नक्सालबाट पक्राउ गरेको हो। कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत समेत रहेका २०९८ सीसी वान नम्बरको निलो प्लेटको गाडी प्रयोग गरेका थिए।

आजको नागरिक दैनिकमा खबर छ - उनको निलो प्लेटको गाडिबाट प्रहरीले ६७ थान ज्वरो नाप्ने थर्मल गन बरामद गरेको छ। पाँच हजार पर्ने थर्मल गनलाई उनले १५ देखि २० हजारमा बेच्ने गरेको प्रहरीले बताएको छ। प्रहरी स्रोतका अनुसार नक्सालमा उनी ति थर्मल गन विक्रीको लागि पुगेका थिए। निलो प्लेटको सवारीलाई कुटनीतिक उन्मुक्तिको सुविधा हुने कुरा उनले बुझेका थिए। तर आतबारदेखि नै उनको कालोबजारीबारे जानकारी पाएको प्रहरीले अग्रबाललाई रंगेहात पक्राउ गरेको हो।

शंकर ग्रुपले शनिबार चीनको ग्वान्झाओबाट ७ टन स्वास्थ्य सामग्री भित्र्याएको थियो। यस अघि स्वास्थ्य सामाग्रीको कारोबार नगर्ने कम्पनिले संकटको मौका छोपेको थियो।

महानगरीय प्रहरी अपराध महाशाखाका एसपी मुकेश सिंहले यो बाहेक उनीसँग थप थर्मल गन रहेको प्रहरीले सूचाना पाएको बताए। उनको अहिले महाशाखामा बयान भइरहेको छ। उनलाई कालोबजारी ऐन अनुसार कारबाही चल्ने छ।

शंकर ग्रुपले शनिबार चीनको ग्वान्झाओबाट सात टन मेडिकल सामग्री ल्याएको थियो। मेडिकल सामाग्री लिन गएको नेपाल एयरलाइन्सको विमानमा शंकर ग्रुपले पनि सामान ल्याएको थियो। विमानमा २२ टन सामान आउने भनिए पनि जम्मा ७।५ टन सामान आएको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies