Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

लकडाउनले बेरोजगार बनेकालाई स्थानीय तहले दियो राहत

काठमाडौं । सरकारले लागु गरेको लकडाउनका कारण दैनिक मजदूरी गरी जीविकोपार्जन गर्ने सर्वसाधारण बेरोजगार भएपछि स्थानीय तहले उनीहरुको जीविकोपार्जनका लागि राहत वितरणलाई प्रभावकारी बनाएका छन् । प्रदेश नं ५ का स्थानीय तहमा रहेका दैनिक मजदूरी गरी जीविकोपार्जन गर्ने मजदूरका परिवारलाई स्थानीय तहहरुले राहत वितरणलाई प्रभावकारी बनाएका हुन् ।

स्थानीय तहहरुले राहत वितरणका लागि लक डाउनका कारण बेरोजगार भई जीविकोपार्जनमा समस्या भएका परिवारहरुको तथ्याङ्क सङ्कलन गरी राहत वितरणको मापदण्ड निर्धारण गरेर वितरण गर्ने गरेका छन् । प्रदेशका जिल्लामा स्थानीय तहका अधिकांशले पहिलो चरणको राहत वितरण गरेका छन् । राहत वितरणसँगै स्थानीय तहले स्थापना गरेका राहत कोषमा नगद तथा जिन्सी सहयोग सङ्कलनसमेत भइरहेका छन् ।

कतिपय स्थानीय तहमा कोरोनाको सङ्क्रमण नियन्त्रणका लागि सर्वसाधारणलाई स्वास्थ्य सामग्रीसमेत वितरण गरिएको छ । सङ्क्रमण नियन्त्रणका लागि सर्वसाधारणका लागि मास्क, स्यानिटाइजर, साबुन लगायतका सामग्री वितरण गरिएको छ । पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले ज्यालादारी गरी जीवीकोपार्जन गर्ने परिवारका लागि राहत वितरण गरेको छ । गाउँपालिकाले तीन सय घरपरिवारका लागि चामल, दाल, तेल, नुनलगायत खाद्य सामग्री वितरण गरिएको हो ।

कोरोना भाइरस जोखिम सरकारले लक डाउन गर्दा ज्यालादारी गरी जीविकोपार्जन गर्ने परिवार समस्या परेपछि प्रतिपरिवार २५ किलोग्राम चामल, तीन किलोग्राम दाल, एक किलोग्राम नुन र एक लिटर खाने तेल वितरण गरिएको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए। रैनादेवी छहरा गाउँपालिका–५ ले निःशुल्क मास्क वितरण गरेको छ । मुझुङग वडाभित्र ५०० घरपरिवार रहेकामा एक हजार ५०० मास्क वितरण गरिएको वडाध्यक्ष हुमबहादुर कार्कीले जानकारी दिए ।

कोरोना भाइरसको खतराबाट बच्नका लागि वडावासीलाई मास्क वितरण गरिएको वडाध्यक्ष कार्कीले बताए । गाउँमा मास्क प्रयोग गर्ने चलन नभएको र मास्क प्रयोग गरी दैनिक काम गर्न अनुरोध वडाको छ । गाउँघरमा भारतीयलगायतका देशबाट स्वदेश फर्केका प्रशस्त रहेका छन् । स्थानीय सरकारद्वारा सञ्चालित क्वारेन्टाइन फर्केका व्यक्तिहरु गएका छैनन् ।

बाँकेको कोहलपुर नगरपालिका–३ मदनचोकस्थित मदनचोक बजार व्यवस्थापन समितिले शनिबारदेखि कोहलपुर–३ र ४ का करीब एक सय विपन्न घरपरिवारलाई राहतस्वरुप खाद्य सामग्री वितरण गर्न गरेको छ । विपन्न तथा मजदूरी गरेर खाने वर्गका परिवारलाई राहत वितरण गरिएको मदनचोक बजार व्यवस्थापन समितिका अध्यक्ष गोपालप्रसाद अधिकारीले बताएका छन् ।

कोहलपुर नगरपालिका–३ र ४ भित्र रहेका विभिन्न टोलका करीब १०० घरधुरीमा रहेका विपन्न परिवारलाई राहतस्वरुप प्रतिघरधुरी २५ किलो चामल, दुई किलो दाल, एक लिटर तेल र एकवटा हात धुने साबुन वितरण गरिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभएको छ ।

यस्तै लक डाउनका कारण बेरोजगार बनेका अतिविपन्न तथा मजदूर वर्गका लागि नेपाली काँग्रेस र नेपाल तरुण दल पश्चिम नवलपरासीले स्थानीय तहमार्फत राहत हस्तान्तरण गरेको छ । जिल्लाका सातै स्थानीय तहमा स्थापना गरिएको राहत कोषमा जम्मा हुने गरी प्रतिस्थानीय तह २५ क्विन्टलको दरले राहतस्वरुप चामल हस्तान्तरण गरिएको पार्टीका कार्यवाहक जिल्ला सभापति अर्जुन पोखरेलले जानकारी दिए ।

अहिले लकडाउन भएपछिको अवस्थामा दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने परिवारलाई अत्यन्त कठिनाइ भइरहेको परिस्थितिलाई दृष्टिगत गरी राहत उपलब्ध गराइएको काँग्रेस नेता विक्रम खनालले बताए । उनले एकातिर रोग भित्रिन नदिन लक डाउन कायमै राख्नुपर्ने र अर्कोतिर विपन्न परिवारलाई पनि राहत उपलब्ध गराउनुपर्ने अवस्थामा आफूहरुले जिल्लाका सातै स्थानीय तहलाई १७५ क्विन्टल चामल उपलब्ध गराएको जानकारी दिए ।

यता कपिलवस्तुको शिवराज नगरपालिकाभित्र रहेका छवटा सहकारीद्वारा नगरपालिकाले स्थापना गरेको प्रकोप कोषमा आज रु एक लाखभन्दा बढी रकम प्रदान गरेका छन् । ती सहकारीहरुले संयुक्त रुपमा नगरपालिकाको कार्यालयमा पुगेर नगरप्रमुख नेत्रराज अधिकारीलाई रु एक लाख सात हजार एक सयको चेक हस्तानतरण गरेका हुन् ।

चन्द्रौटामा रहेको अरनिको बचत तथा ऋण सहकारीद्वारा रु ५० हजार, सर्वोदय बचत तथा ऋण सहकारीद्वारा रु १० हजार, जनकल्याण स्वावलम्बन बचत तथा ऋण सहकारीद्वारा रु १५ हजार एक सय, उज्यालो बचत तथा ऋण सहकारीद्वारा रु १५ हजार, बिगुल बचत तथा ऋण सहकारीद्वारा रु १० हजार र सृजनशील बचत तथा ऋण सहकारीद्वारा रु सात हजार रकमको चेक प्रदान गरिएको हो ।

शिवराज सहकारी सञ्जालका अध्यक्ष नारायण भाटले विपत्को समयमा सहकारीको सानो सहयोगले निम्नवर्गका नागरिकलाई राहतको महसुस हुने अपेक्षासहित सहयोग गरेको बताए । यो विपत्को समयमा सहकारीले किस्ता र ब्याजमा केही सहुलियत गर्ने तयारीसमेत गरेको बताए । सहकारीको चेक बुझ्दै नगरप्रमुख नेत्रराज अधिकारीले यस समयमा नगरपालिकाले मात्र सहयोग गरेर नपुग्ने भएकाले सबैको सहयोग आवश्यक रहेको बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies