Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

सभासदलाई खतराः संविधान निर्माणमा असहमत दलले गाँउ छिर्न नदिने

\"madhesh-ma-sangharsha-890x395_c\"     २५ असार, काठमाडौं । संविधानसभाबाट पारित मस्यौदा बोकेर जनताका सूझाव लिन जाने सभाषदलाई मस्यौदा प्रकृयामा असहमत राजनीतिक दलहरुले गाउँ छिर्न नदिने योजना बनाएको संकेत गरेका छन् । विहिबार बृहत् मधेशी रक्षा मोर्चाले काठमाडौंमा गरेको अन्तक्र्रियामा अधिकांश मधेशी पार्टीसम्बद्ध युवाहरुले ठूला चार पार्टीले अधिकार र संघीयताबिनाको प्रतिगामी संविधान ल्याउन लागेकाले अर्को आन्दोलन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । आन्दोलनका प्रारम्भिक स्वरुपबारे केही जानकारी दिँदै कार्यक्रम आयोजक मोर्चाका संयोजक बिक्की यादवले आफूहरुले संविधानसभाका सदस्यहरुले गर्न लागेको जनमत संकलन गर्न नदिने समेत बताए । संविधान निर्माण प्रकृयामा असन्तुष्ट मधेशवादी दल तथा जातिय क्षेत्रिय मोर्चाका युवाहरुले सभाषदहरुले संविधानसभामै आफ्नो कुरा नसुनेको भन्दै जनताको कुरा सुन्न नसक्ने र औपचारिकताका लागि जनताको जाने सभाषदहरुलाई आफुले गाउँ छिर्न नदिने बताउन थालेका छन् । उता विप्लव नेतृत्वको नेकपा माओवादी र वैद्य नेतृत्वको नेकपा माओवादी त संविधानसभाको चुनावमै भाग नलिएका कारण उसको रणनिति के हुने भन्ने बारे बाहिर आइसकेको छैन । खबरडबलीलाई प्राप्त सुचनालाई आधार मान्ने हो विप्लव नेतृत्वको माओवादीले क्रियात्मक जवाफ स्वरुप राय सुझाव संकलनमा जाने सभाषदहरुलाई अवरोध खडा गर्नेछ । उसैगरी मधेशमा समेत सभाषदहरु सुझाव संकलन गर्न नदिने योजना बनिरहेको एक मधेशी युवा नेताले बताए । संविधानसभाबाट यसको संकेत सभाध्यक्ष सुभाष नेम्वांगले समेत सभासदको सुरक्षामा ख्याल गर्न भन्दै गराएका थिए । तर समाचारको कहि कतैबाट पुष्टी हुन भने सकेन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending