काठमाडौं । दूरसञ्चार सेवा प्रदायकले रिचार्जमा शतप्रतिशत बोनस उपलब्ध गराउन थालेपछि रिचार्ज गर्ने प्रवृत्ति घटेको छ । एकपटकको रिचार्जमा सोही रकम बराबरकै बोनस प्राप्त हुने भएकाले उक्त बोनस र मूल ब्यालेन्स नसकिँदासम्म प्रयोगकर्ताले थप रिचार्ज नगरेको सेवा प्रदायकले जनाएका छन् । यसले निरन्तर आम्दानीमा असर थपिएको सेवा प्रदायकको दाबी छ ।
आजको गोरखापत्र दैनिकमा खबर छ - सेवा प्रदायकका अनुसार शतप्रतिशत बोनसको व्यवस्थाले रिचार्ज गर्ने प्रवृत्ति ५० प्रतिशतसम्म घटेको छ । बोनस प्राप्त हुँदा पहिले त्यही प्रयोग हुने र सकिएपछि मात्र मूल ब्यालेन्स प्रयोग हुँदा रिचार्जमा स्वभाविक प्रभाव परेको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए । यसले रिचार्ज गर्ने प्रवृत्ति सामान्य अवस्थामा भन्दा कुनै दिन ५० प्रतिशतसम्म कम देखिएको उनले जानकारी दिए ।
पर्याप्त बोनस ब्यालेन्स उपलब्ध भएपछि रिचार्ज केही घटेको एनसेलले जनाएको छ । तत्कालै समग्र आम्दानीमा यसको प्रभाव नदेखिए पनि एक महिनासम्मको बोनस सुविधापछि असर देखिनसक्ने कम्पनीले जनाएको छ ।
कोरोना सङ्क्रमण रोकथाम स्वरूप सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म बन्दाबन्दी घोषणा गरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले चैत ११ गते नै सेवा प्रदायकलाई रिचार्ज उक्त अवधिभर बराबरकै ब्यालेन्स उपलब्ध गराउन निर्देशन दिएको थियो । सँगै सेवा प्रदायकले प्रयोगकर्तालाई दुई सय रुपियाँसम्म ऋण उपलब्ध गराउनसक्ने प्राधिकरणको निर्णय थियो ।
प्राधिकरणको उक्त निर्देशनपछि नेपाल टेलिकमले चैत १२ गते रातिदेखि लागू हुने गरी रिचार्जमा शतप्रतिशत बोनस उपलब्ध गराउन सुरु गरेको थियो । चैत १८ गतेभित्र रिचार्ज गरे मात्र उक्त सुविधा पाउनसक्ने र प्राप्त ब्यालेन्स टेलिकमकै नेटवर्कभित्र कल तथा एसएमएस गर्न र डेटाका लागि प्रयोग गर्न सकिने टेलिकमले जनाएको थियो ।
यद्यपि बोनस रकम प्रयोग गर्न सकिने अधिकतम सीमा भने रिचार्जको मूल्यअनुसार कम्पनीले सीमित गरेको थियो । रिचार्जअनुसार दुई दिनदेखि बढीमा छ दिनसम्म बोनस ब्यालेन्स प्रयोग गर्न सकिने टेलिकमले जनाएको थियो ।
टेलिकमको बोनस सुविधा १८ गतेदेखि समाप्त भएको छ । यद्यपि कम्पनीले आफ्नो डेटा शुल्क ३० प्रतिशतसम्म घटाएको र सस्तो प्याक उपलब्ध गराएर भोइस र डेटा उपलब्ध गराएको दाबी गरेको छ । कम्पनीले प्रयोगकर्तालाई ऋण सुविधा भने प्राधिकरणको निर्णयअनुसार अहिलेसम्म बढाएको भने छैन ।
एनसेलले चैत १३ गतेदेखि लागू हुने गरी रिचार्जमा १२० प्रतिशत बोनस उपलब्ध गराएको छ । प्राप्त बोनस तीन दिनभित्र प्रयोग गर्नुपर्ने एनसेलको सर्त छ । त्यस्तै ८० रुपियाँसम्म ऋण सापटी लिन सकिने सुविधा पनि कम्पनीले उपलब्ध गराएको छ ।
कम्पनीको यो सुविधा सुरु भएको मितिले एक महिनासम्म लिन सकिने छ । स्मार्ट टेलिकमले भने अहिलेसम्म रिचार्जमै बोनस उपलब्ध नगराए पनि कम्पनीले अहिलेसम्म उपलब्ध गराएका अन्य छुटलाई नयाँ अफरका रूपमा व्याख्या गर्दै बजारीकरण गरिरहेको छ ।
रिचार्जबापत अधिकतम बोनस सुविधा दिएको यो नेपालमै पहिलोपटक हो । रिचार्ज गर्दा नै पर्याप्त बोनस उपलब्ध हुने भएपछि अर्कोपटकको रिचार्जको समय पर धकेलिएको कम्पनीले जनाएका छन् । यसरी समय धकेलिँदा रिचार्जको सामान्य प्रवृत्ति घटेको र त्यसको प्रत्यक्ष असर आम्दानीमा परेको कम्पनीहरूले जानकारी दिएका छन् । यसबीचमा सेवा प्रदायकको डेटा प्रयोग भने व्यापक बढेको छ । घरमै बस्नुपर्ने अवस्था आएपछि इन्टरनेटको प्रयोग बढ्दा ३० प्रतिशतसम्म डेटा प्रयोग बढाएको एनसेलले जनाएको छ ।
टेलिकमको भने यस्तो डेटा प्रयोग ५० प्रतिशतसम्म बढेको दाबी छ । यद्यपि भोइस सेवा तुलनात्मक रूपमा घटेको कम्पनीहरूले जनाएका छन् ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: