सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ तरहीका मोलीया सदाका घरमा तीन दिनदेखि चुल्हो बल्न सकेको छैन । दैनिक मजदूरी गरी परिवारको गुजारा चलाउँदै आएका मोलियाको लकडाउनका कारण मजदूरी नै बन्द भएपछि बालबच्चासहित परिवारका सदस्य भोकभोकै बस्न बाध्य छन् ।
“लकडाउनका कारण करीब दुई सातादेखि सबै काम बन्द छ”, मोलिया सदाले भने,‘‘ मजदूरीको काम बन्द भएपछि पहिले मजदूरी गरेर जम्मा पारिएको अन्नपात लकडाउनको एक सातासम्म बसेर खाइयो, अब एक माना अन्न छैन, कसरी परिवार पाल्ने भन्ने चिन्ता थपिएको छ ।” घरमा अन्नपात नहुदाँ गत बुधबारदेखि चुलो नबलेका बालबच्चासँगै आफू भोकै बस्दै आएको उहाँले दुखेसो पोख्नुभयो । मोलियाका घरमा उनीसहित ६ जनाको परिवार छ । मजदुरी बन्द भएपछि रोगभन्दा पनि भोकको चिन्ता बढ्को मोलियाको भनाइ छ ।
सोमनी सदाको परिवार पनि केही दिनदेखि भुजा खाएर दिन काट्दै आएको छ । “घरमा एक मुठी पनि चामल छैन”, सोमनीले भने, ‘‘ घरमा चामल छैन, थोरै मात्र भुजा रहेकाले त्यही खाएर गुजारा काटिरहेका छौं ।” आफूहरुले भुजा खाएरै दिन काट्दा पनि बालबच्चाले भात माग्ने गरेको दुखेसो सुनाउँदै सोमनीले थपे, ‘‘बच्चाहरुले भोक लाग्यो, भात दिनून भनी रुने गरेका छन्, कहाँबाट ल्याएर भात ल्याएर खुवाउनू ? असाध्यै चिन्तामा डुबेका छौँ ।” सोमनीका घरमा उहाँसँगै श्रीमान् र तीन छोराछोरी छन् ।
यो केवल मोलिया र सोमनीको मात्रै होइन बस्तीका अधिकांश परिवारको समस्या यस्तै छ । करीब ५० परिवारको उक्त बस्तीका सबैले मजदूरी गरेरै परिवार पाल्दै आएका छन् । कोभिड १९ को संक्रमण फैलिन सक्ने भन्दै सरकारले यही चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरेपछि काम बन्द भई अधिकांश परिवारको चुल्हो बल्न बन्द भइसकेको छ ।
जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधिले लकडाउनका समयमा मजदूरी बन्द भएका श्रमिक तथा विपन्न परिवारलाई राहत दिइरहेको एफएम रेडियोबाट समाचार सुन्दा आफूहरुलाई पनि राहत मिल्छ कि भन्ने आशमा उनीहरु बसेका छन् ।
भूमिहीन सुकुम्बासीका रुपमा बसोबास गर्दै आएका मुसहरको अवस्था अन्त्यन्तै कष्टप्रद रहेको स्थानीय अगुवाले बताए । शिक्षक विजय रायले भने,‘‘ लकडाउनभन्दा पहिले मजदूरी गरेर राम्रैसँग उनीहरुले गुजारा चलाउँदै आएका थिए तर मजदुरी नै बन्द भएपछि कोरोना भाइरसको त्राससँगै भोकमरीको मारमा परेका छन् ।” आपूmले डाक्नेश्वरी नगरपालिकाका नगरप्रमुख र वडाध्यक्षसँग भोकमरीको जानकारी गराए पनि अहिलेसम्म आश्वासनबाहेक केही पाउन नसकेको गुनासो रायले गरे ।
वडाध्यक्ष प्रदीप साहले दलित मुसहर बस्तीको समस्याबारे आफू जानकार रहेको र छिट्टै राहतको व्यवस्था मिलाइने बताए। “मजदूर तथा विपन्न परिवारको विवरण संकलन गरिसकेका छौंँ”, वडाध्यक्ष साहले भने, ‘‘ अब एकदुई दिनभित्रै खाद्यान्नलगायत आवश्यक सामग्री वितरण गर्ने तयारी गरिसकेका छौंँ ।”
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: