काठमाडौं । कोरोना भाइरस(कोभिड —१९ ) को सम्भावित जोखिम हुनबाट जोगिन साबुन पानीले दिनमा चार पाँच पटक हात धुनुपर्छ भन्ने सन्देश सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट प्रवाह गरिरेहेको छन् । तर गोकर्णेश्वर तथा कागेश्वरी मनोहरा नगरपालिकाका स्थानीयवासी खानेपानीकै समस्यामा परेका छन् ।
पटक पटक हात धुन पानी कसरी जुटाउने अहिले यस क्षेत्रका स्थानीवासीको चिन्ताको विषय बनेको छ । ती दुई नगरपालिकाले चोक चोकमा हातधुने व्यवस्था मिलाइका छन् । हाल राजधानीमा सबैभन्दा बढी खानेपानी आपूर्ति गर्ने वाग्मतीको मुहान पनि यही भेगमा पर्छ । सोलुखुम्बुबाट गोकर्णेश्वर नगरपालिका–२ मा घर बनाइ बस्नुभएका ग्याल्जेन शेर्पा धारामा खानेपानी पाइन्छ भन्ने सुनेकै कारण आफू यहाँ बस्न आएको तर पानी पाउन नसकिएको गुनासो गर्छन्।
वाग्मतीको मुहान वाग्द्वारसमेत रहेको नगरपालिकाका अधिकांश वडामा खानेपानी लिन बिहानै पुराना धारा खोज्दै हिँड्नुपर्छ । बिहान पाँच बजे नै पुग्दा पनि पुराना धारामा लाम लागिसकेको हुन्छ । खानेपानी थाप्न कम्तीमा एकघण्टा लाममा बस्नुपर्ने बाध्यता रहेको उनले सुनाए। पानी थाप्ने भीडका कारण कोरोनाको जोखिम बढ्ला भन्ने चिन्ताले पानी थाप्न जानेलाई सताउने गरेको छ ।
पानी भरेर घरमा राख्दा लामखुट्टेका कारण डेङ्गुको खतरा बढ्न सक्ने भएकोले सताउने गरेको उपभोक्ता राधिका भण्डारीले बताए । गर्मी बढेसँगै डेङ्गुका बिरामी बढ्ने जनाइएको छ । गोकर्णेश्वर नगरापालिकाका प्रमुख सन्तोष चालिसे मुहान क्षेत्रमा खानेपानी उपलब्ध गराएर मात्र तल्लो भेगमा लैजान काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई पटकपटक आग्रह गरेको बताउछन् ।
“दिनमा पाँचदेखि सात वटासम्म गुनासा त धारामा पानी आएन भन्ने नगरवासीका आउने गरेको छ, मैले दुईपटक लिमिटेडको महाङ्कालचौर शाखाका प्रमुखलाई पानी दिनु भनी फोन गरेर भनिसके अझै मुहान क्षेत्रमै पानीको वितरण सहज हुन सकेको छैन”, उनले भने।
लकडाउन हुनुअघि धेरै उपभोक्ताले जारको पानी किनेर खान्थे । लकडाउनसँगै केही पसलमात्र बिहान बेलुका खुल्ने र त्यहाँ खानेपानी नहुने भएकाले पुराना ढुङ्गेधारा खोज्दै हिँड्नुको विकल्प नभएको कागेश्वरी मनोहरा नगरपालिका–३ की गृहिणी उषा खत्रीको दुःखेसो छ ।
काकाकुल राजधानीवासीले व्यग्र प्रतीक्षा गरेको राष्ट्रिय गौरवको आयोजना मेलम्चीको पानी समेत सुन्दरीजलमै खस्ने गरी पूर्वाधार निर्माण भइरहेको छ । पहिलो चरणमा मेलम्ची खोलाको दैनिक १७ करोड ८० लाख लिटर पानी सुन्दरीजलमा खस्नेछ । यसका लागि दुई वटा प्रशोधन केन्द्र निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।
मेलम्चीको पानी उपत्यकाका अधिकांश स्थानमा वितरणका लागि पाइप बिच्छ्याउने काम भइरहेको छ । तर गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका अधिकांश भागमा खानेपानीको पानी वितरणका लागि पाइप बिच्छ्याउने पहल भएको छैन । गोकर्णेश्वरका नगरप्रमुख चालिसे नगर क्षेत्रबाट जाने पानी यहीँका जनताका धारामा पानीको व्यवस्था नभई तलतिर वितरण गरिए मूल पाइपबाट वाग्मतीमा पानी बगाउन बाध्य हुनुपर्ने बताउछन् ।
सो माग लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयलाई पटकपटक दिइएको उनले सुनाए । स्थानीय सरकारको मागलाई गम्भीर रुपमा नलिएपछि समस्या आउने भएकाले बेलैमा ध्यान दिन नगरवासीको अनुरोध छ । कागेश्वरीका नगरप्रमुख कृष्णहरि थापा पनि माथिल्लो भागमा पानी वितरणको व्यवस्था गर्न निर्देशनालयलगायत सरोकार भएका निकायलाई पटकपटक अनुरोध गरिएको बताउछन ।्
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: