Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

यी स्थानीय तहमा राहत वितरण शुरु

बुटवल । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं.५ का स्थानीय तहले राहत कोष स्थापना गरी दैनिक मजदुरी गरी जीवनयापन गर्नेलाई राहत वितरण शुरु गरेका छन् ।

लकडाउनका कारण बेरोजगार भएका दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने परिवारलाई कोषबाट राहत वितरण थालिएको हो ।

स्थानीय तहले आ–आफ्ना पालिकामा राहतकोष स्थापना गर्नाका साथै जनतालाई राहतसमेत वितरण थालेका हुन् । दाङको गढवा गाउँपालिकाले रु ५० लाखको राहतकोष स्थापना गरेको छ । कोषका लागि गाउँपालिकाले रु ५० लाख जम्मा गरेको छ । बिहीबारको बैठकले गाउँपालिकाको विभिन्न शीर्षकमा अहिलेसम्म सम्झौता नभएका कार्यक्रमको बजेटलाई रकमान्तर हुुनेगरी विपद् राहत कोष स्थापना गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए ।

गाउँपालिकामा प्रदेश सरकारको राहत वितरण मापदण्ड बमोजिम मजदुुरी गरेर खानेहरुको तथ्याङ्क सङ्कलन गरी तीन दिनभित्र पहिलो चरणको राहत प्याकेज वितरण गर्ने निर्णयसमेत गाउँपालिकाको बैठकले गरेको छ । किसानको खेती भित्र्याउने समय भएकाले खेतबारी जोत्ने ट्र्याक्टर, दाउने थे«सर र साँझ बिहान कुटानपिसानका मिल सञ्चालन गर्न दिनेसमेत निर्णय गरेको छ ।

प्यूठानको ऐरावती गाउँपालिका–४ को बिहीबारको बैठकमार्फत वडाका जनप्रतिनिधिले एक महिनाको भत्ताबराबरको रकमले विपन्न परिवारलाई राहतस्वरुप सहयोग गर्ने निर्णय गरिएकोे वडाध्यक्ष शङ्करबहादुर भण्डारीले जानकारी दिए ।

रुकुमपूर्वको सिस्ने गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका २२२ अतिविपन्न घरपरिवारलाई राहत वितरण गर्ने भएको छ । सरकारले घोषणा गरेको लकडाउनको मारमा परेका अतिविपन्न परिवारलाई सिस्ने गाउँपालिको कार्यपालिकाको बैठकबाट राहत प्याकेजको घोषणा गरेको हो ।

आर्थिकरूपमा अतिविपन्न, असहाय, अपाङ्ग, गरिब तथा दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरिने गाउँपालिका अध्यक्षकुमारी बरालले बताए । राहत वितरणका लागि गाउँपालिकाभित्रका अतिविपन्न परिवारको पहिचान कार्य सकिएकाले २/३ दिनभित्रै खाद्यान्न वितरणको कार्य पनि शुरु गरिएको उनले बताए ।

रुकुमपूर्वकै भूमे गाउँपालिकाले पनि मापदण्ड बनाई विपन्न परिवारको विवरण सङ्कलन गरेर राहत प्याकेजको घोषणा गर्ने बताएको छ । पुथाउत्तरगङ्गा गाउँपालिकाले पनि अहिले राहत वितरणको लागि अतिविपन्न परिवारको विवरण सङ्कनल गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र क्षेत्रीले बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies