Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

प्रदेश १ बाट शङ्कास्पद ५४ जनाको नमूना सङ्कलन

विराटनगर । प्रदेश नं. १ बाट कोरोना भाइरस (कोभिड—१९) का शङ्कास्पद ५४ जनाको नमूनामा सङ्कलन गरिएकोमा ४२ जनाको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सुरेश मेहत्ताले जानकारी दिए । बाँकी नमूनाको जाँच भइरहेको र रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।

प्रवतmा डा मेहत्ताका अनुसार झापाबाट पाँच, मोरङबाट नौ, सुनसरीबाट २५, धनकुटाबाट एक, तेह्रथुमबाट दुई, संखुवासभाबाट एक, भोजपुरबाट दुई, सोलुखुम्बुबाट दुई, उदयपुरबाट चार र पाँचथरबाट तीन जनाको नमूना सङ्कलन भएको छ । हिजो मात्रै मोरङबाट दुई, सुनसरीबाट एक, भोजपुरबाट दुई र उदयपुरबाट तीन जनाको स्वाब सङ्कलन गरी जाँचका लागि पठाइएको मन्त्रालयका प्रवक्ता डा मेहत्ताले जानकारी दिए ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोना सङ्क्रमण परीक्षण शुरु भएपछि रिपोर्ट छिटो आउन थालेका र हिजो मात्रै १२ जनाको रिपोर्ट आएको बताइएको छ । डा। मेहताका अनुसार प्रदेशभरिमा आज सम्म कोरोना भाइरसका शङकास्पद ११९ जना बिरामीले अस्पतालमा नाम दर्ता गराएका छन् । जसमा सुनसरीबाट १०६, मोरङ र झापाबाट पाँच÷पाँच जना छन् । आईसोलेशनमा तीन पुरुषसहित नौ जना बिरामी भर्ना भएकोमा ओखलढुङ्गा, उदयपुर र पाँचथरबाट दुई/दुई जना महिला र सोलुखुम्बु, पाँचथर र ताप्लेजुङबाट एक÷एक जना पुरुष आईसोलेशनमा भर्ना भएका हुन् ।

प्रदेश नं.१ का ४३ अस्पतालले ३८५ शय्याको आइसोलेशन कक्ष तयारी अवस्थामा राखेको प्रवक्ता डा. मेहताले बताए । उनका अनुसार प्रदेशभरमा ३६१ वटा फिवर क्लिनिक सञ्चालनमा रहेका छन् । फिवर क्लिनिकमा हिजो एक हजार २४६ बिरामी आएको डा। मेहताले भने । प्रदेशका विभिन्न जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा अस्पतालहरुलाई व्यक्तिगत सुरक्षा सामग्री ५०७ थान वितरण भएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending