काठमाडौँ । मेलम्ची (सिन्धुपाल्चोक) : लकडाउन उल्लंघन गर्नेलाई लाठी प्रहार गरी नियन्त्रण गर्ने सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार सिनो हाइड्रोलाई भने निर्वाध काममा लगाएको छ। सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट सचेतना अपनाउँदै मुलुकभर लकडाउन गरे पनि आयोजना ठेकेदार कम्पनीले सरकारी निर्देशनको अवज्ञा गर्दै मुहान क्षेत्रमा झन्डै दुई सय मजदुरलाई निरन्तर काममा लगाउँदै आएको छ।
आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - स्रोतका अनुसार मुहान क्षेत्रमा भित्र(बाहिर आवतजावत गर्न बन्देज लगाएर मजदुरलाई नियमित काममा लगाइएको हो। मुहान क्षेत्र अम्बाथानमा कार्यरत अधिकांश मजदुर बाहिरका भएकाले उनीहरू घर फर्किन सम्भव नभएकाले काममा लगाउनुपरेको स्रोतको दाबी छ।
मुहान क्षेत्रनजिक रहेको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछाने अन्य विकल्प नभएको भन्दै आयोजनाका ठेकेदारले मजदुरलाई काम लगाइरहेको बताए। मजदुरहरू घर फर्किन सम्भव नभएको र काममा नलाग्दा खानेबस्ने समस्या हुने भन्दै आयोजनाको काम सुचारु राखेको जानकारी पाएको उनले बताए। ‘आयोजनाकै ग्याल्थुम अडिटमा काम पूर्णरूपमा ठप्प भएको छ तर मुहान क्षेत्रमा भने काम भइरहेको जानकारी आएको छ’, प्रहरी निरीक्षक लामिछानेले भने, ‘यो विषयमा हामीले माथिल्लो निकायमा जानकारी गराइसकेका छौं।’
बाहिर(भित्र आवतजावतमा बन्देज लगाएकाले संक्रमणको डर नहुने भन्दै कामलाई निरन्तरता दिइरहेको जानकारी आफूले पाएको लामिछाने बताउँछन्। अन्य क्षेत्रमा लकडाउन कडाइका साथ लागू गरे पनि राष्ट्रिय गौरवको आयोजना भएकाले आयोजनाले नै काम गर्ने÷नगर्ने निर्देशन दिनुपर्ने उनको भनाइ छ। आयोजना निर्धारित समयअगावै सकिए पुरस्कार पाउने र ढिला भए जरिवाना तिर्ने सर्तमा ठेक्का लिएको कम्पनीले काम नरोकी निर्धारित मितिअगावै काम सक्न सरकारले निर्देशन दिएको लकडाउनसमेत पालना नगरेको स्रोतले बतायो।
एक मजदुरका अनुसार कार्यक्षेत्रभित्र संक्रमित व्यक्ति नभएकाले बाहिर(भित्र आवतजावत गर्न नपाउने गरी लकडाउनकै रुपमा मजदुरहरूले काम गरिरहेका छन्।
ठेकेदार कम्पनीलाई आयोजना रहेको हेलम्बु गाउँपालिकाले पनि काम बन्द गर्न आग्रह गरिसकेको छ। पालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार कम्पनीले मजदुरलाई काम नगरी पाल्न नसक्ने भन्दै काम निरन्तर राख्नुपरेको अडान राख्दै आएको छ। कम्पनीले अटेर गरेपछि गाउँपालिकाले मेलम्ची खानेपानी आयोजनालाई पनि आग्रह गरेको थियो। ‘आयोजनाका कार्यकारी निर्देशकले समेत काम रोक्न निर्देशन दिइसकेको बताएका छन् र पनि कम्पनीले काम बन्द गरेको छैन’, अध्यक्ष शेर्पाले भने, ‘सरकारले आयोजनामा कार्यरत मजदुरलाई सम्बन्धित ठाउँसम्म पुर्याउने व्यवस्था गरे हुन्थ्यो।’
अध्यक्ष शेर्पाका अनुसार कम्पनीले स्थानीय कामदारलाई बिदा दिने र बाहिरका कामदारलाई मात्र काम लगाउने जानकारी दिएको छ। गाउँपालिकाले भने सरकारको निर्देशनअनुसार कम्पनीले सबै काम रोकेर लकडाउनको पालना गर्न कम्पनीलाई पटक(पटक आग्रह गरेको छ।
आयोजना प्रमुख तिरेश खत्रीले पनि सयभन्दा बढी मजदुर भित्री रहेको स्वीकार गरे। तर, उनले मजदुरलाई काममा नलगाएको, सरसफाइमा मात्र लगाएको बताए। ‘भित्रका मान्छे भित्रै छन्, बाहिरका बाहिरै’, खत्रीले अन्नपूर्णसित भने, ‘लकडाउनपछि घर फर्किन नसकेकाहरू मात्रै भित्र (आयोजनास्थल) छन्।’
लकडाउनपछि सरकारले नै मजदुरलाई उद्धार किन नगरेको भन्ने प्रश्नमा आयोजना प्रमुख खत्रीले यसबारे मन्त्रालयमा छलफल गरिने र लकडाउन लम्बिए केही उपाय गरिने बताए।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: