Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed

लकडाउनको अवधिमा एक हजार पर्यटकको उद्धार

काठमाडौं । एक साता लामो लकडाउन अवधिमा विभिन्न क्षेत्रमा रोकिएका एक हजार ३३० विदेशी पर्यटक तथा नेपाली पथप्रदर्शकको उद्धार गरिएको छ । एक साताका अवधिमा उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपाल पर्यटन बोर्डका प्रवक्ता लीला बानियाँका अनुसार लकडाउनपछि १९ पर्यटकीय गन्तव्यमा रहेका पर्यटक र पथप्रदर्शकको उद्धार गरिएको हो ।
उनका अनुसार लुक्ला, पोखरा, ताप्लेजुङ, जोमसोम, अन्नपूर्ण आधार शिविर, मुक्तिनाथ, लाङ्टाङ, मनास्लु, गोरखा, लेते, बेंसीशहर, काँडे, संखुवासभा, झापा, बेनी र झिनुडाँडाबाट पर्यटकलाई उद्धार गरिएको थियो । तिनमा सबैभन्दा धेरै लुक्ला क्षेत्रबाट हेलिकप्टर र जहाज चार्टर गरेर रोकिएकाहरुको उद्धार गरिएको थियो ।

ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) का अनुसार आइतबार र सोमबार लुक्ला क्षेत्रमा रोकिएका ८५ नेपाली गाइडको उद्धार गरिएको छ । टानका अध्यक्ष खुम सुवेदीका अनुसार आइतबार ४५ र सोमबार ४० गरी ८५ नेपाली गाइडको उद्धार गरिएको हो । उनले काठमाडौं आउन चाहने विदेशी तथा नेपाली गाइडलाई टान र नेपाल पर्यटन बोर्डको सहकार्यमा रेक्स्यु उडान गरिएको जानकारी दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार आज बिहान लुक्ला क्षेत्रबाट पाँच उद्धार उडान गरिएको छ । क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले लुक्ला क्षेत्रमा रहेका नेपाली गाइड तथा विदेशीको उद्धारका लागि आज विभिन्न वायुसेवा कम्पनीले पाँच उडान गरिसकेको जानकारी दिए । उनका अनुसार नेपाल वायुसेवा निगमको एक तथा सीता र समिट एयरले दुईदुई उडान गरेका हुन् ।

बिहान नै सबै उडान सम्पन्न भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सोमबार बिहानको पाँच उडानमा ७० जनाको उद्धार गरिएको हो । लुक्लामा रहेका विदेशी पर्यटक तथा नेपाली गाइडको उद्धारमा पाँच उडान र नेपाली सेनाको तीन उडान गरी आठ उडान अनुमति दिइएको प्रवक्ता क्षेत्रीले जानकारी दिए । उनका अनुसार नेपाली सेनालाई धनगढी, सुर्खेत र विराटनगरमा उडान अनुमति दिइएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending