Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

कोरियाबाट पठाइने दुई हजार किट्स आइतबार आउने

एजेन्सी । कोरोना सङ्क्रमित बिरामी हो हैन पत्ता लगाउन सहयोगी हुने दुई हजार किट्स नेपाललाई सहयोग गर्ने उद्देश्यले एनआरएन कोरियाको नेतृत्वमा यहाँका नेपालीबाट गरिएको सहयोग संकलन अभियानअन्तर्गत दुई दिनमै रु एक करोड बीस लाख संकलन भएको छ । सहयोग संकलन आज पनि चल्ने बताइएको छ ।

एनआरएन कोरियाका महासचिव डा विमल सुवेदीले शुक्रबारसम्म चार हजार ५६७ नेपालीबाट ११ करोड ९८ लाख ९३ हजार ४२२ कोरियन वन (झण्डै रु एक करोड बीस लाख) संकलन भएको जानकारी दिए । सहयोग संकलन आज (चैत १५) गते कोरियन समयानुसार अपराह्न १ बजेसम्म व्यक्तिगत र संस्थागत रुपमा सहयोग गर्नेले साँझ ५ बजेसम्म सहयोग गर्न सक्ने बताइएको छ ।

दुई दिनमै कोरियामा रहेका नेपालीबाट यति ठूलो सहयोग संकलन भए पनि नेपाल पठाउने भनिएको किट्स पठाउन भने असहज भएको छ । योजनानुरुप शुक्रबार नै नियमित उडानमार्फत किट्स चीनको ग्वान्जाउ पुर्याउने र शनिबार नेपाल सरकारले विमान चार्टर गरेर नेपाल पु¥याउने भनिए पनि कोरोनाको कारण कोरियाबाट चीन उड्ने विमानको नियमित उडान कटौती भएपछि पठाउन नसकिएको हो । उक्त किट्स २४ घण्टाभित्र सुरक्षित भण्डारण गरिसक्नुपर्ने हुन्छ । अन्तिम उडान प्राप्त हुनासाथ आइतबारसम्म पहिलो चरणमा पठाउने भनिएको सम्पूर्ण किट्स पठाइने जनाइएको छ ।

दुई हजार किट्स खरीदपछि बाँकी हुन आउने सहयोग रकमले पनि आवश्यक स्वास्थ सामग्री नै खरीद गरेर पठाइने योजना एनआरएन कोरियाको छ । त्यसका लागि सम्बन्धित क्षेत्रका विज्ञको एक सुझाव समितिसमेत बनाइएको छ । उक्त समितिको सुझावअनुरुप अन्य स्वास्थ्य सामग्री खरीद गर्ने जनाइएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: