Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

भारतमा रेलसेवा पनि बन्द

नयाँ दिल्ली । करिब १ अर्ब ३७ करोड जनसङ्ख्या भएको भारतले कोरोनाभाइरस महामारी फैलिनबाट मुलुकलाई जोगाउन आपतकालीन कदम चालेपछि भारतमा ठूलो संख्याका यात्रुलाई सेवा प्रदान गर्दै आएको रेल प्रणाली पनि ठप्प भएको छ ।

रेल प्रणालीलाई प्रायः भारतको जीवन रेखाका रूपमा वर्णन गरिन्छ । विशाल उपमहाद्वीपमा प्रत्येक दिन २ करोड ३० लाख व्यक्तिले रेलयात्रा गर्ने गरेका हुन्छन् । अर्थात प्रत्येक वर्ष ८ अर्ब भन्दा बढी व्यक्तिले भारतमा रेलको यात्रा गरेको तथ्याङ्क रहेको छ ।

विश्वकै रेलयात्राको सञ्जाल हेर्दा चौथो ठूलो सञ्जालका रुपमा भारतीय रेल पर्दछ । प्रत्येक दिन यात्रु र कार्गो बोक्ने १२ हजार १०० भन्दा बढी रेल सञ्चालनमा रहेका छन् । ती रेलहरु ६७ हजार ४१५ किलोमटिर गुडेको पाइन्छ । रेल सेवा सञ्जालमा १२ लाख भन्दा बढी कामदारले रोजगारी पाएका छन् ।

आइतवारबाट सो रेल सेवा बन्द भएपछि कैयौँ व्यक्ति रेलवे स्टेशनहरुमा फसेका थिए । नयाँ दिल्ली रेलवे स्टेशन ९ सामान्यतया २४ घण्टा नै भरिभराउ भएर गुड्ने गर्दछ । जसमा रेलवे स्टाफ, खाजाघर र समाचारपत्र बेच्ने पसलहरूसहित रहेका हुन्छन् । प्लेटफर्ममा सुतिरहेका अपरिचित व्यक्तिहरू अलपत्र अवस्थामा देखिएका थिए ।

भारतभरि कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या ६७० नाघेको छ । भारतमा आजसम्म कोभिड–१९ बाट १३ जनाले ज्यान गुमाएका छन् । सङ्क्रमणको सङ्ख्या बढ्दै गएपछि त्यहाँ देशभरि लकडाउन गरिएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँ २१ दिनको लकडाउन घोषणा गरेका छन्।

गत मङ्गलबार राति प्रधानमन्त्री मोदीले राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै मध्यरातबाट लागू हुनेगरी आगामी २१ दिनसम्म लकडाउन जारी रहने घोषणा गरेका थिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending