Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

कोभिड–१९ नियन्त्रण गर्न गाउँपालिकाबाट मास्क र साबुन वितरण

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकाले गाउँगाउँमा पुगेर गाउँपालिकाभरिका सबै घरमा मास्क, डेटोल एन्टिसेप्टिक र साबुन वितरण गरेको छ । कोभिड–१९ को सङ्क्रमणबाट रोक्न गाउँपालिकाले नागरिकलाई घरभित्र बस्न अनुरोध गर्दै सबै घरमा पुगेर मास्क र साबुन बितरण गरेको गाउँपालिकाको सूचना शाखाले जनाएको छ ।

गाउँपालिकाको कार्यालयले जनप्रतिनिधिलाई स्थानीय क्षेत्रमा हुने समस्याको समाधान गर्न पहल गर्न निर्देशन दिनाका साथै लकडाउनलाई पूर्णरुपमा पालना गर्न अनुरोध गरेको गाउँपालिकाका अध्यक्ष हिरा केवटले बताए ।

विश्वलाई त्रसित बनाएको कोरोनाको संक्रमण रोक्न नेपाल सरकारले गरेको लकडाउन सबैले पालना गर्नुपर्ने बताउँदै उनले भने, “स्थानीय क्षेत्रमा कुनै समस्या परे प्रहरी वा नजीकका जनप्रतिनिधिलाई खवर गर्न सार्वजनिक सूचना जारी गरिएको छ ,” अध्यक्ष केवटले भने । ओमसतिया गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले जनताको घरघरमा पुगी एन्टिसेप्टिक, साबुन र मास्क बितरण गरिरहेका छन् । गाउँपालिकाका प्रवक्ता शिब धवलले सबै जनतालाई घर बाहिर ननिस्किन अनुरोध गरिएको बताए ।

जिल्लामा अहिले सुरक्षाकर्मीले लकडाउन पालना गराउन स्थानीयवासीलाई सचेतना दिलाउने, माइकिङ गर्ने र नियन्त्रणमा लिने गरेका छन् । बजार क्षेत्रमा लकडाउन पूर्णरुपमा पालना भए पनि गाउँगाउँमा आंशिक मात्र पालना भएको देखिन्छ । रुपन्देहीमा अहिले प्रदेश सरकारले सरकारी अस्पताल भीम अस्पताललाई कोभिड–१९ को सङ्क्रमणको आशङ्का लागेकाहरुलाई उपचार केन्द्र तोकेको छ भने बुटवलको धागो कारखानामा आइसोलेशन वार्ड बनाएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies