बाग्लुङ्ग । कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै बागलुङका स्थानीय तह व्यवस्थापनमा जुटेका छन् ।
कतिपय स्थानीय तहले पूर्वाधार निर्माण थालेका छन् भने कतिपयले सामान्य ज्वरो जाँच गर्ने यन्त्रको समेत व्यवस्थापन गर्न सकेका छैनन् । नेपाली सेना र प्रहरीले तयार पारेका पूर्वाधारको भरोसामा बागलुङ नगरपालिका धवलागिरि अञ्चल अस्पताल सञ्चालनमा छन् । स्वास्थ्यकर्मीका लागि आवश्यक पिपीइको व्यवस्थापनमा सक्रियता बढाइएको छ भने प्राथमिक स्वास्थ्य चौकी र केन्द्रलाई तयारी अवस्थामा राखिएको नगर कार्यपालिकाले जनाएको छ ।
कोरोना सङ्क्रमणको जोखिम बढ्दै गइरहेका बेला जैमिनी नगरपालिकाले कुनै पनि तयारी गरेको छैन । सङ्क्रमित देखापरेमा राख्नुपर्ने क्वारेन्टाइन, बिरामी पुष्टि भएमा चिकित्सकको निगरानीमा राख्नुपर्ने आइसोलेसनलगायतका कुनै पनि पूर्वाधारको तयारी नरहेको नगर कार्यपालिकाले जनाएको छ । जैमिनी नगरका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले भने, “शान्ति माविलाई क्वारेटाइन बनाउने भन्ने छ । आवश्यक परे नजिकका विद्यालय प्रयोग हुन्छन् ।”
जानकारीको अभावले तयारी गर्न नसकिएको उनले बताए । सम्बन्धित बिषयका विज्ञ नगरमा नरहेको र हल्लाका भरमा तयार भएका पूर्वाधारले काम नदिने उनको तर्क छ । “हामीसँग ज्वरो नाप्ने सेन्सर थर्ममिटरसमेत छैन, खरिदका लागि खोजेको धेरै भयो तर बजारमै पाइँदैन”, उनले भने, “जो कोहीले उपलब्ध गराए भुक्तानी गर्न तयार छौँ ।”
लकडाउनको समयमा बाहिर ननिस्कन, कोरोनाका कारण हुनसक्ने क्षति, लक्षण र सावधानीका उपायको विषयमा भने प्रचारप्रसार गरेर चेतना फैलाउने काममा लागिएको उनले बताए । जैमिनीमा अत्यावश्यक औषधिको भने अभाव नरहेको र मास्क तथा सुरक्षा सामग्रीको प्रबन्ध भइरहेको उनको दाबी छ ।
बरेङ गाउँपालिकाले आवश्यक औषधिको तयारी थालेको छ । विपद् व्यवस्थापनका लागि भन्दै रु १० लाख बजेटको व्यवस्था गरेको गाउँपालिकाले सोही रकमले औषधि, मास्क, स्यानिटाइजर तथा सुरक्षा सामग्रीको प्रबन्ध गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए । गाउँपालिकाले बाटाकाचौरमा रहेको जनता प्राविमा २५ जना अट्न सक्ने क्वारेन्टाइन बनाएको छ ।
लकडाउनपूर्व नाकामा हेल्थ डेक्स र १० जनाभन्दा धेरै जम्मा नहुन आग्रह गर्दै आएको गल्कोट नगरपालिकाले आइसोलेसन र क्वारेन्टाइनको तयारी गरिरहेको जनाएको छ । काठेखोला गाउँपालिकाले आठ वटै वडालाई आइसोलेसनसहित क्वारेन्टाइन व्यवस्थापन गर्न भनेको छ । वडा नं ४ तङ्ग्राम र ८ लेखानीले स्थानीय विद्यालयमा क्वारेन्टाइन बनाएको जनाएका छन् भने बाँकी वडाले खाली रहेका र बस्तीदेखि टाढा रहेका विद्यालयलाई प्रयोगमा ल्याउने जनाएका छन् । “ज्वरो नाप्ने मेसिन त छैन के क्वारेन्टाइन बनाउनु खै” वडा नं ७ का अध्यक्ष प्रेमबहादुर जिसीले भने, “वडाले सक्नेजति सबै तयारी भइरहेकै छन् ।” गाउँपालिकाले कार्यपालिका नजिकै रहेको भीमसेन माविमा क्वारेन्टाइन निर्माण गर्न सकिने जनाएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: