बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले नागरिक सचेतनाले नै कोरोना विरुद्धको लडाइँ जित्न सकिने बताएका छन्। उनले महामारीसँग जुध्न सबैले आफ्ना व्यवहार, आनीबानी र दैनिकीमा परिवर्तन गर्न जरूरी रहेको बताउँदै कोरोना विरुद्धको लडाइँ जित्न सरकारले गरेका निर्णयलाई पूर्णरुपमा पालना गर्न र अरुलाई पनि पालना गर्न प्रेरित गर्न प्रदेशवाशी जनतामा अनुरोध गरेका छन् ।
मुख्यमन्त्री पोखरेलले प्रदेशवाशी जनताका नाममा आज सम्बोधन गर्दै कोरोनाको सङ्क्रमण रोक्न अपनाइएका महत्वपुर्ण कदमलगायत यसको रोकथामका लागि प्रदेश सरकारका तर्फबाट कोरोनाको सम्भावित जोखिमबाट बच्न पूर्व तयारीको कामलाई प्रभावकारी बनाइएको बताए। उनले सङ्क्रमण भित्रिन नदिन, सचेतना जगाउन, क्वारेन्टाइनको प्रबन्ध मिलाउन र सङ्क्रमितको उपचारको व्यवस्थाका लागि तीनै तहका सरकार आपसी समन्वय र सहकार्यमा क्रियाशिल रहेका बताउँदै सरकारले सम्भावित जोखिमलाई नियन्त्रण गर्न लिएका निर्णयको पूर्ण कार्यान्वयनका लागि सबैको सार्थक सहयोगको आवश्यकता औल्याए।
मुख्यमन्त्री पोखरेलले कोरोना भाइरस नियन्त्रणका लागि नेपाल सरकारले नागरिकलाई महामारीबाट बचाउन मङ्गलबारदेखि घोषणा गरेको ‘लकडाउन’को आदेश सबैले अनिवार्य रुपमा पालना गर्न अपिल समेत गरेका छन्। उनले उक्त आदेश पालना नगरे उल्लङ्घन गर्नेलाई सुरक्षा निकायले कारवाही अघि बढाउनेसमेत स्पष्ट पारे ।
उनले कोरोनाको सङ्क्रमण नियन्त्रणका प्रमुख उपाय शहरी आवास क्षेत्रका टोल विकास संस्थाले स्थानीय सुरक्षा निकायको सहयोगमा टोलभन्दा बाहिरका व्यक्तिलाई प्रवेशमा रोक लगाउने र टोलका बासिन्दा पनि बाहिर नजाने व्यवस्था गर्न अपिल गरेका छन् । टोलमा खाद्यान्न र तरकारी टोलकै पसलमा व्यवस्थापन गर्न, कोरोना भाइरसबाट जोगिन सामाजिक र व्यक्तिगत दूरीलाई निरन्तर कायम राख्ने र अत्यावश्यक कामका लागि बाहिर जानु नै परेमा स्थानीय सुरक्षा निकायको अनुमति लिएर मात्र जान उनले अनुरोध गरेका छन् ।
मुख्यमन्त्री पोखरेलले कोरोनाको जोखिमलाई ख्याल गर्दै प्रदेश सरकारले बुटवल, भैरहवा, दाङको बेलझण्डी र बाँकेको खजुरामा गरेर चार वटा कोरोना विशेष अस्पतालको निर्माण प्रक्रिया अघि बढाइसकेको जानकारी दिदै कोरोना सङ्क्रमितकोे आशङ्कामा रहेका नागरिकलाई राख्न प्रत्येक स्थानीय तहले तत्काल २५ शै्ययाको क्वारेन्टाइन बनाउने र क्वारेन्टाइनमा राखिएकाको सम्पुर्ण व्यवस्थापन गर्ने ब्यवस्था गरिएको बताए ।
उनले नागरिकका लागि अत्यावश्यक स्वास्थ्य सेवा तथा औषधी पसल, खाद्यान्न, खाद्यजन्य सामाग्री, तरकारीको ढुवानी र बेचबिखन, दुधको ढुवानी र डेरी उद्योग, खानेपानी सेवा, फोहरमैला सङ्कलन र व्यवस्थापन, विद्युत् एवं सञ्चार सेवालगायत सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाइएको तर, उक्त सेवामा संलग्न व्यक्तिले स्वास्थ्य सुरक्षा अनिवार्य रुपमा पालना गर्नसमेत अनुरोध गरेका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: