Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

गोकर्णेश्वरमा २७ आइसोलेसन श्ययाको व्यवस्था

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले कोरोना भाइरस कोभिड १९ को सङ्क्रमणबाट नगरवासीलाई बचाउन २७ आइसोलेसन श्ययाको व्यवस्था गरेको छ । गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी चोकमा तयारी अवस्थामा रहेको १५ श्ययाको निजी अस्पताल तीन महीनाका लागि सम्भावित कोरोना प्रभावितको उपचारका लागि भाडामा लिइएको नगर प्रमुख सन्तोष चालिसेले राससलाई जानकारी दिए ।

“नगरपालिकाले भाडामा लिएको अस्पतालमा सुविधा सम्पन्न पाँच सघन उपचार कक्ष, पाँच भ्यान्टिलेटरसहितको कक्ष र पाँच वटा आइसोलेशन श्यया हुन्छ, नेपाल मेडिकल कलेज अत्तरखेलसँगको सहकार्यमा सात र शङ्खरापुर अस्पताल नारायणटारसँगको सहकार्यमा पाँच गरी २७ आइसोलेसन श्ययाको व्यवस्था भएको छ, आवश्यकता भएमा नगर क्षेत्रमा रहेका दुई ठूला अस्पतालको सहकार्यमा बेड थप गरिनेछ”, उनले भने ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका डा सुवास प्याकुरेलको नेतृत्वमा कोरोना प्रभावितको उपचारका लागि नौ सदस्यीय चिकित्सकको समूह समेत नगरपालिकाले तयारी अवस्थामा राखेको जनाइएको छ । नगरपालिकाले गोकर्ण प्राथमिक स्वास्थ्य केन्द्रसहित नौ वटा स्वास्थ्य चौकीमा आउने मौसमी बिरामीलगायतको उपचारका लागि बिदाका दिन पनि स्वास्थ्यकर्मी परिचालन गरेको छ ।

स्वास्थ्य केन्द्रलाई आवश्यकता अनुसारका सामग्री पनि उपलब्ध गराइएको नगर प्रमुख चालिसेले बताए । नगरपालिकाका नौ वटै वडामा साबुन पानीसहित हात धुने व्यवस्था गरिएको छ । यसैगरी थप नौ वटा चोकमा पनि साबुन पानीसहित हात धुने व्यवस्था गर्न लागिएको नगरपालिकाले जनाएको छ । लकडाउनका बेला अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन, घर, टोल छिमेकमा पनि भीडभाड नगरी सुरक्षित भई सङ्क्रमणबाट जोगिन जनचेतना फैलाउने अभियानमा जनप्रतिनिधि, कर्मचारी लागिपरेको नगरपालिकाले जनाएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies