काठमाडौँ । कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणलाई ध्यानमा राखी सरकारले गएरातिदेखि नौ दिनसम्मका लागि नेपाल भित्रिने सबै अन्तरराष्ट्रिय हवाई उडान बन्द गरेको थियो । अन्तरराष्ट्रिय उडान बन्द रहे पनि आन्तरिक उडान सामान्य अवस्थामा सञ्चालन भइरहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले जनाएको छ ।
यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले अन्तरराष्ट्रिय उडान स्थगन गरिए पनि आन्तरिक उडान भने यथावत् रहने बताएका थिए । निजी क्षेत्रका अग्रणी वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सको आन्तरिक उडान सामान्य अवस्थामा भइरहेको छ । आन्तरिक उडान नियमित भइरहे पनि एकतर्फी यात्रुको सङ्ख्या कम रहेकाले केही उडान घटाइएको बुद्ध एयरले जनाएको छ ।
श्री एयरलाइन्सले पनि काठमाडौँबाट बाहिरिने गन्तव्यको अकुपेन्सी राम्रो भए पनि काठमाडौँ फर्कने यात्रु कम सङ्ख्यामा रहेको जनाएको छ । यती एयरलाइन्सको संस्थागत शाखाले पनि आन्तरिक उडान नियमित भइरहेको र पहिलाको तुलनामा यात्रुको चाप कम रहेको जनाएको छ । यता हेलिकप्टर कम्पनीको उडान भने प्रायः ठप्प रहेको छ । दस कम्पनीमध्ये आज जम्मा दुई वटाले मात्र उडान भरेको वायुसेवा सञ्चलक सङ्घले जनाएको छ ।
आन्तरिक उडानको जहाजमा पनि एकतर्फी कम सङ्ख्यामा मात्रै यात्रु रहेको सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले जानकारी दिए । उनले अत्यावश्यक बाहेकका हवाई सेवा बन्द गर्ने विषयमा आज प्राधिकरणका पदाधिकारीसँग छलफल गरेर निर्णय लिइने बताए ।
चार अन्तर्राष्ट्रिय उडान
कोभिडको सङ्क्रमणलाई ध्यानमा राखी अन्तरराष्ट्रिय उडान बन्द गरिए पनि आज चार वटा अन्तरराष्ट्रिय उडान भएका छन् । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार कतार एयरवेजको दुई, इत्तिहाद एयरको एक र कोरियन एयरको एक गरी चार वटा विशेष परिस्थितिमा अनुमति लिएर गरिने उडान ‘पोजिसन फ्लाइट’ भएका छन् । यस्तो उडानमा सम्बन्धित गन्तव्यबाट काठमाडौँ विमानस्थलमा आउने जहाजमा शुन्य यात्रु हुनुपर्छ ।
काठमाडौँबाट भने आवश्यक यात्रु जहाजले लैजान पाउछन् । पोजिसन उडानका लागि सम्बन्धित वायुसेवा प्रदायक कम्पनीले प्राधिकरणसँग अनुमति लिनुपर्ने हुन्छ । यो उडान नियमित ‘सेडुअल’ उडान नै हुने प्राधिकरणले जनाएको छ ।
नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सरकारको निर्णयबमोजिम अन्तरराष्ट्रिय उडान चैत ९ को राति २३ः५९ बजेदेखि चैत १८ सम्म सोही समयावधिका लागि स्थगन गरेको थियो । अन्तरराष्ट्रियतर्फ जाने यात्रु, एयर एम्बुलेन्स, कार्गो उडान तथा अत्यावश्यक उडान भने यथावत् रहनेछन् । अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ वायु सेवा कम्पनी र अन्तरराष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: