Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

पशुपतिमा भीड कम गर्न, सात जना भन्दा बढी मलामी जान नपाइने

काठमाडौ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथका भक्तजनमा घरमै बसेर भाव दर्शन र मानसी पूजा गर्न सार्वजनिकरूपमा आह्वान गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन पशुपतिनाथका भक्तजनमा कोषले यस्तो आह्वान गरेको हो ।

सङ्कटका बेलामा गर्न सकिने गरी भाव दर्शन र मानसी पूजाको व्यवस्थासमेत शास्त्रमा रहेकाले कोषले यस्तो आह्वान गरेको कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । घरमै बसेर भावनाले पशुपतिनाथको दर्शन गरेको, जल अभिषेक लिएको र चन्दन लगाएको अनुभव गर्न सकिने उनले बताए । मानसिकरूपमा यसरी गरिने भावनाले समेत मनमा शान्तिको अनुभव हुनेछ । पशुपतिनाथ दर्शन गर्न आउने स्वदेशी एवं विदेशी भक्तजनलाई दक्षिणतर्फको २ नं ढोकाबाट मात्र प्रवेश गर्न पनि कोषले अनुरोध गरेको छ । मन्दिर प्रवेश गर्ने अन्य ढोका बन्द गरिएको छ ।

पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका अन्य मन्दिरमा प्रवेश गर्न एकपटकमा १० भक्तजन मात्र छिर्ने व्यवस्था कोषले मिलाएको छ । दश जनाले दर्शन गरेर फर्केपछि मात्र अर्को समूह पठाउने व्यवस्था मिलाइएकोे छ । मूल मन्दिरको उत्तरतर्फको कैलाश नजिकको जुत्ताचप्पल कक्ष पनि हाललाई बन्द गरिएको कोषले जनाएको छ ।

वरुणधारासँगैको जुत्ताचप्पल कक्ष मात्र खुला हुनेछ । त्यससँगैको लकर सेवा पनि बन्द हुनेछ । पछिल्लो समय पशुपतिनाथ मन्दिरमा भारतीय दर्शनार्थीको सङ्ख्यासमेत घट्न थालेको छ । हाल नगण्यरूपमा मात्र भारतीय दर्शनार्थी पशुपति क्षेत्रमा देखिने गरेका छन् । सरकारले आजदेखि सीमानाका बन्द गरेकाले भोलिदेखि नगण्य पनि देखिने छैनन् । कोषले आजदेखि नै पशुपतिमा विशेष पूजा स्थगित गरेको छ । कोषले भक्तजनको मनोकाङ्क्षा पूरा हुने गरी रु पाँच हजार १०० देखि रु २१ लाखसम्मको रसिद काटेर विशेष पूजाको व्यवस्था गर्दै आएको थियो ।

पशुपतिमा गरिने नित्यपूजा, बालभोग, मध्याह्नभोगलगायत कर्म भने नियमितरूपमा हुने कार्यकारी निर्देशक खतिवडाले बताए । पशुपति आउने केही दर्शनार्थीलाई भने चार ढोकामध्ये पश्चिम ढोका मात्र खोलेर टाढाबाट दर्शन गर्ने व्यवस्था गरिएको छ । भक्तजनलाई गरिने जलअभिषेक भने हाललाई कोषले स्थगित गरेको छ । पशुपतिनाथ मूल मन्दिरभित्र हुने बेलुकी आरती हेर्न जम्मा हुने भक्तजनलाई समेत प्रवेशमा निषेध गरिएको छ । नगण्यरूपमा छिरेका दर्शनार्थीलाई पनि साबुन पानीले हात गोडा धोएर मात्र मूल मन्दिर प्रवेशको व्यवस्था गरिएको छ । बेलुकी पशुपतिको आर्यघाट पारि गरिने पशुपति गङ्गा आरतीमा पनि हाल २५ जनाभन्दा कम दर्शनार्थीको मात्र उपस्थिति हुने गरी व्यवस्था मिलाइएको छ ।

विद्युतीय शवदाह गृहमा शव जलाउन यन्त्रसम्म जान पनि मृतकका नजिकका सात जना आफन्तमात्र प्रवेश गर्ने व्यवस्था गरिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए । विद्युतीय शवदाह गृहमा भीडभाड कम गर्न पनि मलामीमा आह्वान गरिएको उनले सुनाए ।

“क्रियापुत्री सेवा केन्द्रमा पनि आफन्त र अत्यावश्यक व्यक्ति मात्र प्रवेश गर्न अनुरोध गरेका छौँ, संवेदनशील स्थान भएकाले अनावश्यक भीडभाड नगर्न आह्वान गर्नु परेको हो, भक्तजनकै सुरक्षाका लागि यस्तो व्यवस्था गरिएकाले पूर्णरूपमा पालना हुने विश्वास लिइएको छ”, उनले भने ।

पशुपति क्षेत्रमा भीड हुने मन्दिर, उद्यान मृगस्थली, वनकाली, भण्डारखाल, हंशमण्डपजस्ता स्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ । पशुपति क्षेत्रका आर्यघाट, क्रियापुत्री सेवा केन्द्र, विद्युतीय शवदाह गृह, जुत्ताचप्पल कक्ष, शौचालयजस्ता सार्वजनिकस्थल प्रयोग गर्नैपर्ने अवस्था आएमा कोषले उपलब्ध गराएको सामान प्रयोग गरी साबुन पानीले हात धुन पनि अनुरोध गरिएको प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले बताए ।

विशेष पूजालगायत हाल स्थगन गरिएका कोषका सेवा अर्को सूचना जारी नभएसम्म खुला नहुने कोषले जनाएको छ । कोषको आह्वानलाई पालना गराउन नियमितरूपमा अनुगमन भइरहेको सदस्य सचिव ढकालले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending