Ntc summer Offer
Khabar Dabali ३ जेष्ठ २०८१ बिहीबार | 16th May, 2024 Thu
NIMB

रित्तिँयो पोखरा, व्यवसाय चौपट

कास्की । एक साताअघिसम्म दिनको लगभग रु १५ हजारसम्मको व्यापार गरेका नयाँबजारस्थित पारस रेस्टुराँ सञ्चालक गुरुदत्त पौडेल अहिले भने दिनको चार हजारसम्मको व्यापार गर्न पनि धौधौ भएको बताउँछन् । केही दिनयता क्रमशः व्यापार घटिरहेको उल्लेख गर्दैै उनले आफ्ना जस्ता धेरै होटेल तथा रेस्टुराँमा यतिखेर दिनानुदिन ग्राहक घट्दै गएको बताए । विश्वव्यापी फैलिएको कोरोना भाइरसको सम्भाव्य सङ्क्रमणबाट जोगिनकै लागि शहरमा विभिन्न सेवा, पेशा र व्यवसाय गर्दै आएका गाउँ फर्कन थालेपछि बजार सुनसान बन्दै गएको उनले बताए ।

सरकारले कोरोना सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजगर गर्दै विद्यालयमा चैत ४ गतेभित्र परीक्षा सक्न दिएको निर्देशनसँगै शैक्षिक संस्था बुधबारदेखि बन्द भएका छन् । विद्यालय बन्द भएसँगै बालबच्चा पढाउनकै लागि डेरा गरी बसेका अभिभावक बालबच्चासहित घर फर्कन थालेका कारण पनि बजार सुनसान बन्दै गएको हो ।

गाउँतर्फ जाने सार्वजनिक सवारी साधनमा यात्रु देखिने गरे पनि पोखरा नगरमा गुड्ने सवारी साधन भने अत्यन्त कम यात्रु लिएर गुडिरहेका देखिन्छन् । यात्रुकै अभावमा कमाइ नभएपछि यसको प्रत्यक्ष प्रभाव अटोसम्बद्ध व्यापार व्यवसायमा देखिएको छ । नयाँबजारमा अटो पेन्ट्सको व्यापार गर्दै आएका विष्णु कलर ट्रेडर्सका सञ्चालक विष्णु कोइराला ग्यारेज लाइनमा नै काम नभए पछि आफूहरूको व्यापार प्रभावित भएको बताउँछन् ।

बाहिरबाट समान आउन अहिलेसम्म खासै समस्या नरहे पनि व्यापार नै नहुँदा व्यवसायी मर्कामा परेको उनले बताए । ‘कोरोनाकै कारण बजार ठप्प जस्तै बनेको छ, कमाइ नै नभएपछि अटो कलरको काममा आउने ग्राहक रोकिएका छन्’, उनले भने, ‘सरकारले २० वर्ष समयावधि पुगेका सवारी साधन विस्थापन गर्ने नीति लिएका कारण पनि अटो क्षेत्रको व्यापार व्यवसाय केही समययता थप प्रभावित बनेको छ ।’

विगतमा यस याममा निकै चहलपहल हुने पोखराका प्रमुख पर्यटकीय गन्तव्य पर्यटकविहीन छन् भने व्यापारिक मलदेखि किराना पसलसम्मको व्यापार सुस्ताएको छ । एक हप्तायता किराना पसलको व्यापार दिनानुदिन कम हुँदै गएको सुमन किराना स्टोर्सका सञ्चालक डोलराज तिवारीले बताए ।

विगतका तुलनामा झण्डै ५० प्रतिशतसम्म व्यापार घटेको जानकारी दिँदै उनले सामान किन्न आउने ग्राहकमा कोरोनाका कारण सिर्जित मनोवैज्ञानिक त्रास देखिएको पाइएको बताए । ‘मनोवैज्ञानिक त्राससँगै ग्राहकले दैनिक उपभोग्य सामानमध्ये विशेषगरी खाना पकाउने ग्यास, दाल, चामल, चिनी, नून जस्ता चिजबिज आवश्यकताभन्दा बढी किनेर लैजाने गरेका छन्’, उनले भने, ‘अघिल्लो हप्तासम्म मागअनुसारको सामान सहजरूपमा नै आपूर्ति हुने गरेकामा पछिल्ला दिनमा भने उक्त क्रममा केही कमी आएको छ ।’

उपभोग्य समान नियमित आपूर्ति भए पनि बढ्दो मनोवैज्ञानिक त्रासका कारण आवश्यकताभन्दा बढी सामान खरिद गरेर राखिदिने क्रमले मागअनुसारको आपूर्तिमा असहज भएको सरोकारवाला बताउँछन् ।
पछिल्ला दिनमा पोखरामा खाना पकाउने ग्यासको अभाव देखिएको गुुनासो आए पनि उपभोक्ताले आवश्यकताभन्दा बढी खरिद गरेर घरमा राखिदिनाले समस्या भएको शक्ति ग्यास प्राली पोखरा–३२ गगनगौँडाका कार्यालय प्रमुख मेघराज पौडेलले जानकारी दिए ।

‘बजारमा मागअनुसारको ग्यास आपूर्ति भइरहेकै छ, उपभोक्ता स्वयंले आवश्यकताभन्दा बढी खरिद गरेर राखिदिँदा समस्या देखिएको हो’, उनले भने, ‘होटेल तथा रेस्टुराँमा विगतमा जस्तो ग्यासको खपत कम भइरहेको अवस्थामा समेत उपभोक्ताले हतास मनस्थितिका कारण एउटै घरमा चार÷पाँच वटासम्म ग्यास भरेर राखेका छन् ।’

कम्पनीले पोखरा आसपासमा विगतमा दैनिक दुई हजार २०० देखि दुई हजार ५०० सिलिन्डर ग्यास बजारमा पु¥याइरहेकामा अहिले तीन हजारदेखि तीन हजार ५०० सिलिन्डर वितरण गरिरहेका कारण ग्यासको अभाव हुनुपर्ने अवस्था नरहेको उनले स्पष्ट पारे । घरमा ग्यास अनावश्यक भण्डारण गरी राखिनु आफ्नै लागि जोखिम भएको हुँदा त्यसतर्फ समेत सचेत बन्न पौडेलको आग्रह छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies