Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

कोभीड–१९ सङ्क्रमण रोक्न नेपाल–भारत नाकामा सवारीसाधनको रोक, अर्थतन्त्रमा प्रत्यक्ष असर

नेपालगञ्ज । कोरोना भाइरस सङ्क्रमणको जोखिम हुन नदिन बाँकेको मुख्य नेपाल–भारत सीमानाका जमुनाहमा बुधबारदेखि सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको छ ।

दुवैदेशका सुरक्षार्मीले दुवै देशमा प्रवेश गर्ने ठूला सवारीसाधनदेखि साइकलसम्म सञ्चालनमा रोक लगाएका छन् । नेपालतर्फ चौलिक्का चोकसम्म मात्र सवारीसाधन सञ्चालन गर्न दिइएको छ । सवारीसाधन सचालनमा रोक लगाए पनि पैदल आवातजावत भने यथावत रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

अहिले भारतबाट घर फर्किने नेपालीको सङ्ख्या उल्लेखनीय मात्रामा रहेको छन् । त्यस्तै नेपालगञ्जका उद्योगमा आउने कामदारदेखि अन्य नागरिक पैदल आउन बाध्य भएका छन् । यसअघि भारतमा फैलिएको कोरोना भाइरस नेपालमा भित्रिन सक्ने आशङ्कामा जमुनाह नाका बन्द गर्नुपर्ने आवाज उठ्दै आएको थियो । यहाँ बसेको नेपाल र भारतका सुरक्षा अधिकारीको बैठकले बुधबारदेखि सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको हो । बिहानैदेखि टेन्ट लगाएर स्वास्थ्यकर्मीले नाकामा प्रवेश गर्ने हरेक नागरिकको अनिवार्य स्वास्थ्य परीक्षणसमेत गरिरहेका छन् ।

अर्कोतर्फ, कोरोना भाइरसको कारण बाँकेको व्यापार, व्यवसाय पनि प्रभावित भएको छ । बाँकेको सदरमुकाम नेपालगञ्जमा आवतजावत गर्नेको सङ्ख्या घटेपछि यहाँको व्यापार, व्यवसाय प्रभावित बनेको हो । मूलतः भारतबाट आउने पर्यटकको आगमन शून्यमा झरेको, आन्तरिक पर्यटकको सङ्ख्या पनि ह्वात्तै घटेको, होटल, रेष्टुराँ र सार्वजनिकस्थलमा मानिसको उपस्थिति पातलिँदै गएपछि यसको प्रत्यक्ष असर अर्थतन्त्रमा परेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी ओलीले जानकारी दिए ।

कोरोनाका कारण बाँकेको होटल व्यवसायमा सबैभन्दा बढी प्रभाव परेको छ । नेपाली तथा विदेशी पर्यटकले चल्दै आएको बाँकेको होटल व्यवसाय सरकारले विदेशीलाई प्रवेश निषेध तथा जिल्लामा कुनै पनि सभा सम्मेलन, कार्यक्रम नगर्नका लागि आग्रह गरेकाले अहिले होटल व्यवसायको कारोवार प्रायःठप्प जस्तै छ ।

“हाम्रो कारोवार ८० प्रतिशत बढीले घटेको छ । यस्तो अवस्थालामो समयसम्म रहिरहे बैंकको ऋण निखन्न पनि धौधौ पर्ने देखिन्छ”, होटल व्यवासायी सङ्घ बाँकेका अध्यक्ष भीमलाल कँडेलले बताए। तर, यहाँको व्यापार व्यवसायमा प्रतिकूल प्रभाव परे पनि भारतबाट आउने मालसामान भने रोकिएका छैनन् । भारतबाट आउने मालसामानमा भने कुनै कमी आएको छैन । सीमानाकामा आवतजावतमा कडाइ भए पनि सामान आयातनिर्यातमा भने कुनै कमी नआएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

“भारतबाट मालसामान आयतमा वृद्धि भएकाले अहिले विगतको भन्दा दैनिक रु एक करोड बढी राजश्व सङ्कलन भइरहेको छ”, नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending