Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

नेपालमा ‘असल इँटा पद्धति’ बाट उत्पादन शुरु

काठमाडौँ । वातावरणीय दृष्टिले राम्रो मानिने आगोले नपोलेर नै इँटा उत्पादन गरिने ‘असल इँटा पद्धति’ नेपालमा शुरु गरिएको छ । माटो, सिमेन्ट, रसायन ‘स्वाइल स्टेब्लाइजर’ र पानीको मिश्रणबाट मजबुत पारी इँटा तयार गरिने यो प्रविधि कोरियन कम्पनी इन्नोसिएसआरले भित्र्याएको हो ।

आगोले नपोली उत्पादन गरिने इँटालाई ‘असल इँटा पद्धति’ भनिन्छ । जुन इँटा उत्पादनको क्षेत्रमा नवीनतम् वैकल्पिक प्रविधि हो । यस प्रविधिमा ‘मेशिन’बाट माटो, सिमेन्ट, स्वाइल स्टेब्लाइजर र पानीको मिश्रण गरी मेशिनबाटै प्रेसर गरेर इँटा तयार गरिन्छ । नेपालमा गोरखामा पहिलोपटक गोरखा इन्नोटेक प्रालिले सन् २०२० को फेब्रुअरीमा इन्नोसिएसआरको असल इँटा पद्धति अवलम्बन गरी उत्पादन र बिक्रीवितरण शुरु गरिसकेको जनाएको छ ।

आगोले इँटा पोल्नुपर्ने परम्परागत विधिका इँटाभट्टाको वातावरणीय तथा स्वास्थ्य समस्याको निराकरणका लागि यो प्रविधि भित्र्याएको इन्नोसिएसआरका वरिष्ठ बजार तथा बिक्री व्यवस्थापक ओशिका न्यौपानेले जानकारी दिए । यस्तो प्रविधिबाट इँटा उत्पादन गर्दा १० गुणा उत्पादकत्व वृद्धि हुने, धेरै अदक्ष कामदारको प्रयोग नहुने साथै इँटाको गुणस्तर उच्च हुने र परम्परागत इँटाकै मूल्यमा उपभोक्तासम्म इँटा पुग्ने उनको दाबी छ ।

यसको आफनै माटो परीक्षण गर्ने प्रयोगशाला भक्तपुरमा छ । कम्पनीको मुख्य उद्देश्य इँटा उत्पादनका क्षेत्रमा रहेका उद्यमीलाई इँटा उत्पादनको एउटा नयाँ वैकल्पिक प्रविधिको परिचय गराउने रहेको व्यवस्थापक न्यौपानेले बताए । इन्नोसिएसआर सन् २००८ मा स्थापना भएको कोरियन कम्पनी हो । यसले कोरियालगायत मलेसिया, फिलिपिन्स, चीन र नेपालमा इँटा उत्पादनको क्षेत्रमा नवीनतम् प्रविधि भित्र्याएको छ ।

इन्नोसिएसआरले शुरुआती समयमा इँटा उत्पादनको अवस्था बुझ्न नेपालका विभिन्न क्षेत्रमा करीब १८ महिना माटोको परीक्षण सम्पन्न गरिसकेको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत साम लीले यस प्रविधिले इँटा उत्पादनको लागतमा कमी आउने, उत्पादकलाई वर्षैभरि उत्पादन गर्न मिल्ने र वातावरणीय तथा सामाजिक समस्याको समाधान गरी देश र जनतालाई योगदान पुग्ने बताए ।

यस प्रविधिका लागि मेशिन र अन्य उपरकण भारतबाट ल्याइएको गोरखा इन्नोटेक प्रालिका सञ्चालक विकास श्रेष्ठले जानकारी दिए । इँटा उत्पादन गर्न उद्योग स्थापनाका लागि करिब रु तीन करोड लागत लागेको जानकारी गराउँदै उनले भने, “यस प्रविधिको इँटा बलियो र गुणस्तरीय छ, हामी विद्यमान इँटाकै मूल्यमा उपभोक्तालाई यो प्रविधिको इँटा उपलब्ध गराउने योजनामा छौँ ।” यस प्रविधिको इँटा बनाउन आवश्यक पर्ने माटो, सिमेन्ट र पानी नेपालमै उपलब्ध भए पनि स्वाइल स्टेब्लाइजर हाल कोरियाबाट आयात गर्नुपरेको सञ्चालक श्रेष्ठले बताए ।

यस उद्योगको करिब दुई करोड इँटा वार्षिक रुपमा उत्पादन गर्ने क्षमता हुन्छ । ललितपुरको पुल्चोकस्थित, इन्जिनीयरिङ क्याम्पसको निर्माण सामग्री परीक्षण प्रयोगशालाले असल इँटाको धेरै पक्षको प्राविधिक जाँच गरी यसको कडापन ‘१०ं एमपिए’ रहेको प्रमाणित गरिसकेको कम्पनीले जनाएको छ । जुन निर्माणको गुणस्तरमा उच्च रहेको मानिन्छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending