Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

टीकापुरलाई नियाल्न तिन कराेड माथिकाे भ्यूटावरसहितको घण्टाघर तयार हुँदै

कैलाली । कैलालीको टीकापुरमा भ्यूटावरसहितको घण्टाघर निर्माण भइरहेको छ । निर्माण कम्पनीका अनुसार अहिलेसम्म ७० प्रतिशत काम भइसकेको छ । नेपाल सरकारको सघन शहरी विकास कार्यक्रमबाट रु तीन करोड २६ लाख ४२ हजार २६६ लागतमा सो निर्माण जारी रहेको टीकापुर नगरपालिकाले जनाएको छ ।

घण्टाघरको उचाइ २८ मिटर हुने र हालसम्म १८ मिटर सम्पन्न भइसकेको छ । योसँगै प्रवेशद्वार, सुरक्षागार्ड चौकी, शौचालय, टिकट काउण्टर निर्माण भइरहेका रोयल प्रशंसा जेभीका प्रमुख दीर्घराज जोशीले बताए ।

अठार महिनाभित्र काम सक्ने गरी विसं २०७५ फागुन १९ गते सो ठेक्का सम्झौता भइ काम शुरु भएको थियो । २०७७ भदौ २५ भित्र सक्ने गरी काम भइरहेको उनले बताए । “कैलालीमा यस वर्ष हिउँदमा पानी परेका कारण इँटाको समस्या छ । समयमै इँटा नपाएका कारण काममा केही ढिलाइ भयो, तर हामी समयमै सक्ने गरी काम गरिरहेका छौँ”, प्रमुख जोशीले बताए ।

भ्यूटावरसहितको घण्टाघरले टीकापुरलाई नियाल्न सजिलो हुने स्थानीय बलबहादुर विष्ट जनाए । “घण्टाघर निर्माणपछि यहाँ पर्यटकीय गतिविधि बढ्नेछन्, यस्ता ठूला संरचना बनेमा टीकापुरको विकाससँगसँगै पर्यटक भित्रिने आधार बन्छ ।”

यहाँ छ लेनको सडक कालोपत्र, ब्लक ‘ए’ का सबै सडक कालोपत्र र व्यवस्थित बसपार्क निर्माण भइरहेका छन् । “भौतिक संरचना बनाउँदा ती संरचनाको दिगोपनामा ध्यान दिनुपर्छ”, टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले भने, “यसका लागि त्यसमा प्रयोेग गरिने सामग्रीको गुणस्तर र प्राविधिक पक्षमा निगरानी गरिरहेका छौँ । सहज वातारणमा संरचना निर्माणका लागि सहयोग गरेका छौँ ।” उनको आग्रह ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies