Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

सूचनाको हकसम्बन्धी विधेयक प्रदेशसभाबाट हुबहु पारित हुुँदैन : सभामुख

हेटौडा । वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले संविधानको मर्म र भावनाको प्रतिकूल हुने गरी सूचनाको हक सम्बन्धी विधेयक प्रदेशसभाबाट हुबहु पारित नहुने दृढता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासङ्घ मकवानपुरद्वारा आज हेटौँडामा आयोजित ‘प्रेस स्वतन्त्रता र प्रदेश सञ्चार कानूनको’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले सञ्चारकर्मीले पनि आफ्नो पदीय आचारणलाई आत्मसात् गरी जवाफदेहीसाथ कर्तव्यपालन गर्नु पर्ने बताए । मुलुकको स्वतन्त्रतासहित प्रजातन्त्रको संवद्र्धन गर्न प्रेस जगतको अपरिहार्य भूमिका आवश्यक रहेको उनले बताए ।

सभामुख श्रेष्ठले आमजनतालाई आफ्नो अभिव्यक्ति व्यक्त गर्ने स्वतन्त्रताको साथै मौलिक हकको संवद्र्धन गर्ने सञ्चार विधेयकलाई सरकारले निषेध गर्न नसक्ने उल्लेख गर्दै प्रेस र सरकारको बीच सुमधुर सम्बन्ध कायम हुनु पर्ने र त्यसो गरिएमा मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धि सफल हुने विश्वास व्यक्त गरे । महासङ्घका उपाध्यक्ष विपुल पोख्रेलले प्रेस स्वतन्त्रताप्रति सरकारले अङ्कुश लगाउन नहुने उल्लेख गर्दै प्रत्येक समुदायले आ–आफ्नो धर्म संस्कृति, रीतिरिवाजको सम्वद्र्धन गर्न र व्यक्तिगत स्वतन्त्रताको अभिव्यक्तिलाई प्रशासनिक रुपमा सञ्चार ऐनको विभिन्न दफामा प्रावधान राख्न नहुने सुझाव दिए । उनले संवैधानिक निकायले निष्पक्ष भई प्रेसलाई सूचना उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।

सो अवसरमा महासङ्घ वाग्मती प्रदेशका अध्यक्ष प्रताप विष्ट, मकवानपुर अध्यक्ष हरि हुमागाईं, केन्द्रीय सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्य कृष्ण गिरी, वाग्मती प्रदेशका सल्लाहकार गिरिजा अधिकारीले सङ्घीय र प्रदेश सरकारले सञ्चार क्षेत्रमा आफ्नो स्वार्थलाई उपयोग गर्ने रणनीतिलाई त्यागेर सञ्चार क्षेत्रलाई पूर्णस्वायत्त, स्वतन्त्रता प्रदान गर्नु पर्ने बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies