Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

कोरोना भाइरस संक्रमणकाे कारण वैशाख १८ पछि मात्र विदेश पढ्न जानेलाई ‘एनओसी’

काठमाडौं । कोरोना भाइरसको संक्रमण भित्रिन नदिन सरकारले वैशाख १८ गते (मार्च ३०) पछि मात्र विदेश जाने विद्यार्थीलाई अध्ययन अनुमति पत्र (एनओसी) दिने भएको छ। यसअघि विदेश जान खोज्नेलाई अनुमति नदिइने सरकारको निर्णय छ।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ सामान्यता विद्यार्थीले पाँच/छ महिनापछि पढाइ हुने विश्वविद्यालय तथा कलेजका लागि मात्रै एनओसी लिने गर्छन्। अहिले एनओसी लिने भनेको आगामी जुलाई तथा अगष्टबाट पढाइ हुने विश्वविद्यालय तथा कलेजका लागि मात्रै हो। मन्त्रालयका अनुसार सरकारले तोकेको सीमाभित्र विदेश जाने विद्यार्थीले यसअघि नै एनओसी लिइसकेका हुन्छन्।

शिक्षा मन्त्रालयका एक अधिकारीले भने, ‘आज एनओसी लिएका विद्यार्थी तत्काल विदेश जाँदैनन्। उनीहरूले जहिले पनि तीन चार वा आवश्यकताअनुसार त्यो भन्दा पनि बढी समय राखेर मात्र कागज पत्र तयार गर्छन्। सरकारको यो निर्णयले मन्त्रालयमा तत्काल भीड पो जम्मा गर्ने देखिन्छ।’

विद्यार्थीले एनओसी लिनुअघि सम्बन्धित विश्वविद्यालयको पढाइ हुने मिति तथा अन्य कायजपत्र अनिवार्य पेश गर्नुपर्छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षताको उच्चस्तरीय संयन्त्रको बैठकले बिहीबार यस्तो निर्णय गरेको थियो। बैठकमा शिक्षामन्त्री गिरीराजमणि पोखरेल पनि सहभागी थिए। यसअघि फागुन १९ गते शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चीन, जापान, दक्षिण कोरिया, सिंगापुर, इटाली, इरान लगायतका कोरोना भाइरसको संक्रमण उच्च रहेका मुलुक जाने विद्यार्थीलाई एनओसी नदिने निर्णय गरेको थियो।


शिक्षा मन्त्रालयको केशरमहलमा रहेको कार्यालयबाट दैनिक ५ सयदेखि एक हजारसम्म विद्यार्थीले उच्च शिक्षा अध्ययनका लागि एनओसी लिने गरेका छन्। पछिल्लो समय यो संख्या घटेर निकै कम भएको छ। कोरोना त्रासकै कारण परामर्श दातृ संस्थाको व्यवसाय पनि मर्कामा परेको छ। दैनिक एक दर्जन भन्दाबढी विद्यार्थी परामर्शका लागि आउने संस्था अहिले शून्य छन्।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेले भने, ‘कोरोनाको संक्रमण फैलिएको समाचार सार्वजनिक भएसँगै परामर्शका लागि आउने विद्यार्थी घटेका छन्।’ व्यवसायीले दैनिक एक हजारदेखि १५ सय विद्यार्थीलाई परामर्श दिँदै आएका छन्। मुलुकभर इक्यान आवद्ध चार सय ७८ परामर्श व्यवसायी छन्। इक्यान बाहिर एक सय भन्दाबढी व्यवसायी छन्। वार्षिक ६० हजार विद्यार्थीले वैदेशिक अध्ययनका लागि एनओसी लिने गरेका छन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: