Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

चेपाङ बस्तीमा कोरोना भाइरसविरुद्ध सचेतना कार्यक्रम शुरु

मुग्लिन । चितवनको चेपाङ बस्तीमा कोरोना भाइरसविरुद्ध सचेतना कार्यक्रम गरिएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयको क्लिन वाग्मती प्रदेश अभियानको क्रममा शुरु लागुऔषध दुव्र्यसनीमुक्त बनाउने अभियान जारी रहेको अवस्थामा कोरोना भाइरसविरुद्ध पनि सचेतना कार्यक्रम आयोजना गरिएको हो ।

वाग्मती प्रदेश प्रहरी कार्यालयको समन्वय, जिल्ला प्रहरी कार्यालय चितवन र इच्छाकामना गाउँपालिकाको संयुक्त आयोजनामा चेपाङ समुदायको बाहुल्य रहेको इच्छाकामना वडा नं ३ को धुसागाउँमा मङ्गलबार बृहत् सचेतना कार्यक्रमसँगै निःशुल्क स्वास्थ्य शिविरसमेत सम्पन्न गरेको चितवन प्रहरी प्रमुख नान्तीराज गुरुङले जानकारी दिए ।

सो अवसरमा आयोजित सचेतना कार्यक्रम तथा स्वास्थ्य शिविरमा झण्डै ३०० बढी स्थानीयवासी लाभान्वित भएका थिए । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वाग्मती प्रदेशभरका विभिन्न जिल्लाका नागरिकलाई यसप्रति सचेत बनाउन सचेतना कार्यक्रम आयोजना गरेको वाग्मती प्रदेश प्रहरी कार्यालयका निमित्त प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किशोरकुमार दाहालले जानकारी दिए ।

“कोरोनाविरुद्ध सबै सचेत बनौँ र यसको नियन्त्रणका लागि सबैको सहयोगको अपेक्षा गर्दै वाग्मती प्रदेशलाई यसको प्रकोप आउनुभन्दा पहिला नै जोगाउन र सीमान्तकृत चेपाङ समुदायलाई सचेत गराउँदै अभियान नै चलाएका हौँ”, निमित्त प्रमुख एसएसपी दाहालले भने ।”

आम जनतालाई स्वास्थ्यप्रति सजग गराउन अभियान प्रभावकारी बन्ने गाउँपालिका प्रमुख गीता गुरुङले बताइन् । कार्यक्रममा पुरानो मेडिकल कलेज भरतपुरका डा वृद्धिकुमार श्रेष्ठले कोरोना भाइरस, विश्वमा वर्तमान समयमा यसको अवस्था, लक्षण र बच्ने उपायका बारेमा र प्रविधि प्रयोगसहित कोरोनाका बारेमा भिडियो सामग्रीसहित विशेष सचेतना प्रस्तुति प्रदेश प्रमुख दाहालले सहभागी चेपाङ समुदायलाई जानकारी गराएका थिए ।

कार्यक्रममा डा श्रेष्ठसहित जुनियर प्रहरी अधिकृत शिक्षालयकी प्रहरी निरीक्षक डा ऋचा निरौला, पुरानो मेडिकल कलेजका डा वृद्धिकुमार श्रेष्ठ, डा सम्पदा तिवारी, डा प्रकाश अर्याल, डा रोजशकुमार शाहले बिरामीको जाँच गरेका थिए । सो अवसरमा स्त्रीसम्बन्धी समस्या, हाडजोर्नी नशा तथा मुटुरोगका बिरामी बढी देखापरेको चिकित्सकले जानकारी गराएका थिए । पुरानो मेडिकल कलेजको प्राविधिक सहयोगमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा कलेजले नै निःशुल्क औषधि तथा जटिल समस्या देखिएका बिरामीलाई थप उपचारका लागि कलेजमा लगिने कलेजका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले जानकारी दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending