भक्तपुर । यसवर्ष विगतका वर्षमा झै होलीको रौनक कतै देखिएन । बर्षैपिच्छे धुमधामसाथ मनाउँदै आएको फागु तथा होली पर्व यस पटक खासै उत्साह देखिएन । होली पर्वमा न लोला, न रङ्ग, फिका देखिएको छ । यसवर्षको होली पर्वलाई केही बालबालिकाले धानेका छन् ।
चीनको वुहानबाट फैलिएको कारोना भाइरस (कोभिड–१९) को माहमारी विश्वभर फैलिरहेका बेलामा नेपालमा पनि यसको सङ्क्रमण फैलिन नदिन सरकारले समूहगत रुपमा होली खेल्न, पानी तथा लोला नखेल्न र जथाभावी रङ्ग नदल्न गरेको आह्वान अनुरुप होलीको रौनक हराएको छ ।
सोमबार मध्यान्न १२ः०० बजेसम्म भक्तपुरका मुख्य शहरदेखि काठमाडौँको बानेश्वरसम्म पुग्दा पनि होलीको रौनक देखिएन । कौशल्टारमा रेडिमेड पसल सञ्चालन गर्दै आएका अनुप थापा यसवर्षको होली निकै फिका भएको बताए । यसवर्ष निर्वाध रुपमा महिला सजिलै ओहोरदोहोर गरिरहेका, कतै लोला हान्ने, रङ्ग दल्ने र पानी छ्याप्ने गरेको नदेखिएको र टिसर्टसमेत बिक्री नभएको उनले बताए । उनले भने, ‘गतवर्ष होलीको दिनसम्म १ सय ५७ होलीका टिसर्ट बिक्री गरेको थिएँ, यसवर्ष बिक्री गर्न ल्याएको ३० टिसर्टमध्ये सात मात्रै बिक्री भए, त्यो पनि बच्चाको, कोरोनाले त होलीमात्रै हैन, व्यापार पनि चौपट पा¥यो ।’
सरकारको आह्वानसँगै कोरोना भाइरसको सङ्क्रमणको जोखिमले मानिस आफै सचेत भएर होली खेल्न नगएका हुन् । विगतका वर्षमा पर्यटकसमेत होलीमा रमाउने गरे पनि यसवर्ष पर्यटकसमेत होलीमा रमाएको देखिएन । भक्तपुर दरबारस्क्वायरका पर्यटन व्यवसायी पुरुषोत्तम धौभडेल यसवर्षको होलीमा पर्यटक नआएकाले पर्यटकले होली मनाएर रमाइलो गरेको नपाइएको बताए। होलीमा पर्यटकसमेत नआउँदा पर्यटन व्यवसायसमेत सुनसान बनेको उनले बताए
।
विगतका वर्षमा साथीहरु जमघट भएर रेष्टुरेष्टमा रमाइलो गर्दै होली खेल्ने गरे पनि यसवर्ष भने परिवारसँग घरमै घाम तापेर बसेको सूर्यविनायक नगरपालिका– ३ बालकोट नयाँ बस्तीका आशिष न्यौपाने बताउनुहुन्छ । यसवर्ष छोराछोरी पनि होलीमा कतै नगएको बताउँदै अहिले रमाइलो गर्ने भन्दा पनि सचेत हुने बेला भएको बताउनुहुन्छ ।
कलेजका साथीसँग यसवर्ष मज्जाले होली खेल्ने एक महिना अघिदेखिको योजना रद्द गरेको बताउने कोटेश्वर जडीबुटीकी सुष्मा थापाले कोरोना सङ्क्रमणलाई ध्यानमा राखेर होली खेल्ने योजना रद्द गरेको बताए । उनले भने, ‘कक्षा १२ को जाँच आउनै लागेको छ, यसपाली साथीहरु सबै मिलेर रमाइलो गर्नुपर्छ भन्ने योजना थियो तर रोक्यांै, पहिला पनि होली खेलेकै हो, अर्को साल पनि खेलौला तर यसवर्ष होली खेलिएन ।’
हरेक वर्ष फागुपूर्णिमाका दिनमा सडकभरी होली खेल्ने र कराउँदै रमाइलो गर्नेको भिडभाड देखिन्थ्यो भने यसवर्ष सडकमा होली खेल्ने जमात देखिएन । विगतका वर्षमा होलीका दिन सार्वजनिक यातायात ठप्प हुने भए पनि यस वर्ष सार्वजनिक यातायात पनि चलिरहेका छन् ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: