Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

३८ क्विन्टल सुन तस्करीका तीन अभियुक्त दुबईमा व्यापार गर्दै

काठमाडौं । ३८ क्विन्टल सुन तस्करीका तीन अभियुक्तलाई दुबईमा पक्राउ परेको डेढ वर्षसम्म पनि नेपालले झिकाउन सकेको छैन । बरु युएई प्रहरीले तारेखमा छाडिदिएका उनीहरू दुबईमै व्यापार गरिरहेका छन् ।

आजको नयाँ पत्रिका दनिकमा खबर छ - उनीहरू तस्करीका मुख्य लगानीकर्ता कृष्णगोपाल अग्रवाल, हरिशरण खड्का र रमेश उप्रेती हुन् । तीनैजनाविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले रेड नोटिस जारी गरेपछि पक्राउ परेका थिए ।

दुबई प्रहरीले उनीहरूलाई तारेखमा राखे पनि नेपाल फर्काउन भने मानेको छैन । उनीहरूको दुबईमा सुन पसल, रेस्टुरेन्ट तथा ट्राभल एजेन्सीमा लगानी छ ।

सुरुमा युएई प्रहरीले पक्राउ परेकाविरुद्धको सम्पूर्ण कागजपत्र पठाउन नेपाल प्रहरीलाई आग्रह गरेको थियो । सोहीअनुसार प्रहरीले उनीहरूविरुद्धका प्रमाण पठाएको थियो । तैपनि नेपाल ‘डिपोर्ट’ गर्न मानेको छैन । स्रोतका अनुसार पछिल्लो समय उनीहरूले औपचारिक माध्यमबाट आउन आग्रह गरेका छन् ।

औपचारिक माध्यम भनेको सुपुर्दगी सन्धि हो । तर, नेपाल र युएईबीच यस्तो सन्धि छैन । जसकारण उनीहरूलाई नेपाल ल्याउन समस्या भएको प्रहरी अधिकारी बताउँछन् । यद्यपि प्रहरी प्रधान कार्यालयले गृह, परराष्ट्र मन्त्रालय हुँदै युएई सरकारलाई पत्राचार भने गरेको छ ।

विगतमा दुई देशका प्रहरीबीचकै समन्वयमा कतिपय अभियुक्तलाई दुबईबाट ल्याइएको छ । सुन तस्करीमै संलग्न गुप्तलाल भुसाल, बेनु श्रेष्ठ, राजन पन्तलगायतलाई दुबईबाट पक्राउ गरी ल्याइएको थियो । त्यतिवेला केही महिनापछि नै युएई प्रहरीले निष्कासन गरिदिएको थियो ।

क्यानडा र अमेरिकाले पनि बुझाएनन् अभियुक्त
दुबई मात्र होइन, अन्य देशबाट अभियुक्त ल्याउन पनि नेपाल प्रहरीलाई समस्या छ । मानव तस्करीमा इन्टरपोलले रेड नोटिस जारी गरेका सुदर्शन गौतम क्यानडामा व्यापार गरेर बसिरहेका छन् । क्यानडा प्रहरीले उनलाई फर्काउन मानेको छैन । दुई देशबीच कानुनी सहायता तथा सुपुर्दगी सन्धि नभएकाले नै पठाउन नमानेको प्रहरी अधिकारीहरू बताउँछन् ।

अमेरिका पठाउने भन्दै उनले नेपाली युवायुवतीको तस्करी गरेका थिए । गौतमले पठाएकी एक युवतीको समुद्रमै मृत्यु भएको थियो । अलपत्र परेकाहरू स्वदेश फर्किएपछि उजुरी गरेका थिए । फिल्मसमेत बनाएका गौतमसँग क्यानेडियन पासपोर्ट भएकाले नेपाल फर्काउन क्यानडा सरकारले नमानेको हो ।

त्यस्तै, बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भएका पवनजंग कार्की अमेरिकामा डिपार्टमेन्ट स्टोर चलाएर बसेका छन् । उनलाई नेपाल ल्याउने वर्षौँको प्रयास सफल हुन सकेको छैन ।

क्यापिटल मर्चेन्ट फाइनान्समा करोडौँ अनियमितता गरी उनी अमेरिका भागेका थिए । सो अनियमिततामा नक्कली ऋणीहरू जेलमा छन्, तर कार्कीलाई कानुनी दायरामा ल्याउनै सकिएको छैन ।

पाँच महिनाअघि बलात्कार र हत्या मुद्दामा फरार लीलाराज गौतमलाई भने अमेरिकाको एफबिआईको सहयोगमा नेपाल ल्याइएको थियो । त्यसरी अमेरिकाबाट अभियुक्त ल्याइएको पहिलोपटक हो । गौतमको हकमा एफबिआईले सहयोग गरे पनि कार्कीको हकमा भने सहयोग गरेको छैन ।

त्यस्तै, वैदेशिक रोजगार ठगीमा फरार गोविन्द तिवारीलाई पनि एक वर्षसम्म नेपाल ल्याउन सकिएको छैन । इन्टरपोलले रेड नोटिस जारी गर्दा उनी जापानमा थिए । लगत्तै उनी त्यहाँबाट भागेको सूचना प्रहरीले पाएको छ ।

कतिपय देशबाट व्यक्तिगत पहलमा समेत पक्राउ गरेर ल्याइएको, तर केही व्यक्तिलाई ल्याउन समस्या भइरहेको प्रहरी सहप्रवक्तासमेत रहेका इन्टरपोल शाखाका प्रमुख एसएसपी उमेशराज जोशीले बताए ।

‘पछिल्ला वर्ष हामीले विभिन्न देशबाट अभियुक्तहरूलाई ल्याएका छौँ,’ जोशीले भने, ‘केही व्यक्तिलाई ल्याउन ढिला भइरहेको छ, सुपुर्दगी सन्धि नहुनु यसको प्रमुख कारण हो ।’

विदेशबाट सहज तरिकाले अभियुक्त ल्याउन कतिपय अवस्थामा प्रहरीको पहलले मात्र नपुग्ने भएकाले सरकारले नै कूटनीतिक पहल गर्नुपर्ने प्रहरी अधिकारीहरू बताउँछन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: