Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

पाटीबाट चिटिक्क घरमा सर्दा...

बनेपा । पाँचखाल नगरपालिका–२ रातो पहिरोका ६२ वर्षीया खड्कादेवी चौलागाई बल्ल सुरक्षित घरभित्रबस्न पाएकी छिन् । विनाशकारी भूकम्पले घर भत्काएपछि उनी करिब साढे चार वर्षसम्म नजिकैको मन्दिरको पाटीमा त्रिपाल र बोराले बेरेर बस्दै जीवन गुजार्दै आएका थिए ।

श्रीमान् र कमाएर खाने जग्गा जमिन समेत नहुँदा उनी सालको पात बेचेर दैनिक छाक टार्न विवश थिए। ‘नेपाल पुनःनिर्माण सहयोग कार्यक्रम’ अन्तर्गत ह्याबिट्याट फर ह्युमानिटीको आर्थिक सहयोगमा ‘आर्किटेक्चर्स सान्स फ्रन्टियर्स’नामक सस्थाले घर बनाउन सहयोग गरेपछि अहिले उनी चिटिक्क भूकम्प प्रतिरोधी घरभित्र बस्न पाएकी छिन् । “म पाटीको बसाइँमा रहेकै बेला सस्थाका कर्मचारीले (उहाँहरु) आवतजावत गर्ने बेलामा देख्नुभयो, अहिले घर निर्माण कार्य सम्पन्न गरी दिनुभएको छ ।” उनले भनिन्, “ मेरो जीवनमा ठूलो गुण लगाउनुभयो । नयाँ घरमा बस्छु भनेर कल्पना समेत गरेको थिइन ।”

“ पाटीमा कहिले पानी चुहिने र कहिले हावाहुरीको सामना गरेर करिब साढे चार वर्ष बिताइयो, आपतविपतकै अवस्थामा जीवन गुजारा गरेकै अवस्थाबाट अहिले नयाँ घर पाएको छु ।” उनले खुशी हुँदै भनिन्, “अहिले आनन्दका साथ बस्न पाएको छु ।” श्रीमान् साथमा नभएको र भएका तीन छोराहरुमध्ये जेठो र कान्छो भिन्दै बसिसकेकाले आफूसँगै बस्ने माइलो छोरा मानसिक सन्तुलन ठीक नभएको कारण कतिखेर कहाँ हिँड्छ थाहा नहुने अवस्थामा रहेको उनले बताइन् । चौलागाईले भनिन् “अहिले आफूले पनि काम गर्न नसक्ने र सँगै भएका छोराको पनि उचित साथ नपाएपछि निकै समस्यामा छु ।”

भएको नौ आना जग्गामा भएको कमाइले खाना नपुग्ने भएकाले पात बेचेर खाने विकल्प भन्दा अरू नभएको उनको भनाइ छ । “त्यो पनि हिँड्न सकुञ्जेल हो, अब कसरी चुलो बाल्ने हो रु” बिलौना गर्दै उनले भनिन्, बल्ल घरमा बस्न पाएँ, अब कसरी पेट पाल्ने हो रु

समस्यामा परेको उनलाई पाँचखाल नगरपालिका–२ को समन्वयमा सो सस्थाले घर बनाएर हस्तान्तरण गरेको हो । सरकारबाट प्राप्त रु तीन लाख रकममा रु एक लाख पचास हजार थप गरी स्वयंसेवकहरु खटाएर घर निर्माण गरिदिएको सो सस्थाका परियोजना अधिकृत सिमराज दनुवारले जानकारी दिए । “ महिलाले पाटीमा नै बास गरेको देखेपछि वडा कार्यालयसँगको समन्वयमा घर निर्माण गर्न आवश्यक सहयोग गरेका हौँ ।” उनले भनिन् ।

सोही स्थानका कृष्णप्रसाद चौलागाईको पनि आर्थिक अभावमा घर निर्माण गर्न नसकेपछि सोही संस्थाले घर निर्माण गरिदिएको छ । उनको मात्रै होइन, सोही वडाका जलढुङ्गामा रहेका अर्का एकल महिला तथा ज्येष्ठ नागरिक गुणलक्ष्मी श्रेष्ठको पनि सोही संस्थाको सहयोगमा घर निर्माण गरी हस्तान्तरण गरिएको छ । ८४ वर्षीया श्रेष्ठ छोरी सुशीला श्रेष्ठको सहारामा बस्दै आएकी छिन् । उनलाई खानपान र अन्य आवश्यक सहयोग नातिनी रस्मी श्रेष्ठले गर्दै आएकी छिन् । यसअघि उनी पनि जस्ताको टहरामा नै बस्दै आएकी थिइन् । संस्थाले निर्माण सम्पन्न गरी घर हस्तान्तरण गरिदिएको भए पनि राम्रोसँग नसुकेको कारण अझै केही दिन टहरामा नै बस्ने उनले बताइन् । “घर बनाइदिएर धेरै ठूलो गुण लगाउनुभएको छ, धेरै खुशी छु ।” उनले भनिन् ।

सो वडाका वडाध्यक्ष हरि खतिवडाले वडाभित्रका गरिब असहायका लागि लाभग्राहीको सूचीमा परे पनि घर बनाउन नसकेकाहरुको सूची तयार गरी सहयोगी संस्थाको सहयोगमा १० घर परिवारलाई भूकम्प प्रतिरोधी घर निर्माण गरी हस्तान्तरण गरिएको जानकारी दिए । “यस वडाका अझै ५०÷६० वटा घरहरु जो गरिबी, असहाय र आर्थिक अवस्था न्यून भएकै कारण बनाउन सकिरहेको छैन ।” उनले भने, “त्यसका लागि प्रयत्न भइरहेको छ ।”

आर्थिक अवस्था कमजोर भएकाहरु मध्ये पनि अति नै विपन्न अवस्थामा रहेकाहरुका लागि नगरपालिका र वडा कार्यालयको समन्वयमा आफूहरुले घर निर्माण गरी सहयोग गरिदिने गरेको सस्थाका देशीय निर्देशक कृष्टि स्टिकनीले जानकारी दिए । “अति विपन्न र असहायहरुको घर निर्माण गरी सुरक्षित आवासभित्र भित्र्याउन पाएका छौँ ।” उनले भने, “भूकम्प प्रभावित जिल्लामा मात्रै नभई देशैभरिका विपन्न नागरिकहरुका लागि घर बनाएर सहयोग गर्दै आएका छौँ ।”

ग्लोबल भिलेजको सहयोगमा स्वयंसेवक परिचालन गरी विपन्न परिवारको घर निर्माणमा ८५ वटा घर निर्माण गरी सहयोग पुर्याएको थियो । साथै दक्ष र अदक्ष डकिर्मी तालीम, निःशुल्क नक्सा निर्माण गरिनुका साथै हालसम्ममा प्राविधिक सहयोग तथा निर्माण सम्पन्न गरी एक हजार छ सय ४७ घर निर्माण गरिसकेको सो सस्थाले जनाएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies